ललितपुरमा ‘बिउ एटीएम’ संचालन, पैसा हाल्दा कसरी आउँछ बिउ ? | Khabarhub Khabarhub

ललितपुरमा ‘बिउ एटीएम’ संचालन, पैसा हाल्दा कसरी आउँछ बिउ ?


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले ‘बिउ एटीएम’ पनि संचालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाले सहरी खेती साझेदारी कार्यक्रम अन्तरगत कृषकहरुलाई उन्नतस्तरको बिउ एटीएममार्फत् उपलब्ध गराउने गरी सो एटीएम संचालनमा ल्याएको हो ।

आइतबार ललितपुरमा एक कार्यक्रममा बीच कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीको उपस्थितिमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो प्रविधिको पनि उद्घाटन गरेका हुन् । उनले सहरी कृषकहरुको उत्पादनमा बढावा दिने उद्देश्यका साथ उन्नत विउ विजन वितरणका लागि बिउ एटियमको पनि व्यवस्था गरिएको स्पष्ट पारे । त्यसमा ३६ जातका तरकारी तथा फलफूलको उन्नत विउ पाउने व्यवस्था पनि गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

२०, ५० र १०० मूल्यका सफा नोट एटीएममा घुसाएपछि उनीहरुले चाहे अनुसारको बिउको चित्र आउने र सोही चित्रमा थिचेपछि आवश्यक बिउ प्राप्त गर्ने व्यवस्था सो एटीएम गरिएको छ ।

ललितपुर महानगरपालिकाले ‘पानी एटीएम’ पनि संचालन गरिसकेको छ । मेयर महर्जनले सहरी क्षेत्रको उचित व्यवस्थापनका लागि ‘साईकल लेन’को व्यवस्था गर्ने कामलाई पनि अघि बढाइएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव जिसीले प्रदेश र स्थानीय सरकारसँग मिलेर कृषि उत्पादनमा बढावा दिन नयाँ–नयाँ प्रविधिको विकास गर्न सरकार तयार रहेको बताए । उनले कृषिमा निर्भर मुलुकलाई अघि बढाउन कृषि क्षेत्रको विकासमा तीन वटै तहबीच मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए ।

ललितपुर महानगरपालिकाले नौं लाख लगानीमा स्थापना गरेको सो मेसिनको सेवा सबै वडामा संचालनमा ल्याउने तयारी पनि गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ८ : ३४ बजे

विश्वासको मत लिन बोलाइएको गण्डकीको बैठक आधा घण्टा स्थगित  

काठमाडौं– गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ

उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय

मनहरी– बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐन

राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई

मलेसियाका समकक्षीसँग गृहमन्त्रीको फोन वार्ता, जीबी राईबारे पनि कुराकानी

काठमाडौं- उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि मलेसियास्थित समकक्षी

भन्सार विभागमा धर्ना बसेका आजपाका कार्यकर्ता प्रहरीको हिरासतमा

काठमाडौं– भन्सारको लूटकारी व्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार विभागमा जारी