स्थानीयवासीद्वारा दिनभर सडक बन्द « Khabarhub

स्थानीयवासीद्वारा दिनभर सडक बन्द


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको सल्लाघारीबाट पुरानो थिमी जाने निकोसेरा सडक पोखरीमा परिणत भएको छ । एक महिनादेखि सडकमा ठूला पाँच पोखरी बनेर साना सवारीसाधन डुब्ने र ठूला सवारीसाधन भाँसिएर यातायात सञ्चालनमा समस्या आउँदासमेत बेवास्ता भएपछि आज स्थानीयले सडक बन्द गरेका छन् ।

सडक बन्द भएपछि आज दिनभरी नै सो क्षेत्रमा यातायातका साधन बन्द भएका महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । मध्यपुरथिमी नगरपालिका–९ निकोसेरा क्षेत्रको उक्त सडकमा आज बिहान परेको पानीले सडकको करीब १०० मिटर क्षेत्र पूरै पोखरीमा परिणत भएर आवातजावतमा समस्या आएपछि स्थानीयले चक्का जाम गर्दै सडक बन्द गराएका हुन् ।

सडक फराकिलो गरि कालोपत्रे गरे पनि यो क्षेत्र भने ढलको निकासले पुरिँदा विगत चार वर्षदेखि यस्तै सास्ती भोग्दै आउनुपरेको छ । सडकमा ठूला पोखरी बनेर हरेक दिन पानीले भरिएकाले स्थानीयले व्यङ्ग गर्दै सडकको नाम नै पाँच पोखरी राखेको स्थानीय रामसुन्दर प्रजापतिले बताए । गाडीले सडकमा जमेको हिलो पानी हुत्याउँदा सडक छेउका बासिन्दा हैरान हुनुपरेको उनले बताए ।

स्थानीय व्यापारी कृष्णशरण श्रेष्ठले सडक बिग्रेर सास्ती खेप्नुपरेको बताउँदै बाटोमा ठूला गाडी आउने बेलामा पसलसम्म पानी आउदा व्यापारमा समेत नोक्सान व्यहोर्नुपरेको जानकारी दिए । सो सडकमा राजकुलो मासिएको, पानीले निकास नपाएको, ढल फुटेको र खानेपानीको पाइपलाइन फुटेर चुहावट हुँदा हरेक महीना पानी जम्ने गरेको स्थानीयको भनाइ छ ।

अरनिको राजमार्गको वैकल्पिक सडकको रुपमा रहेको निकोसेरा सडक अरनिको राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ आउजाउ गर्न वैकल्पिक सडक हो । वडा नं ९ का वडाध्यक्ष रामकाजी चक्रधरले सल्लाघारी, निकोसेरा, पुरानो ठिमी, सानो ठिमी, पेप्सीकोला हुँदै जडीबुटी चोक भएर सो वैकल्पिक मार्गमार्फत काठमाडौँ जाने सडकमा पानी व्यवस्थापन र ढल व्यवस्थापन गर्दा भएको गल्तीले समस्या आएको बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ९ : ३६ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार