स्थानीयवासीद्वारा दिनभर सडक बन्द « Khabarhub

स्थानीयवासीद्वारा दिनभर सडक बन्द


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको सल्लाघारीबाट पुरानो थिमी जाने निकोसेरा सडक पोखरीमा परिणत भएको छ । एक महिनादेखि सडकमा ठूला पाँच पोखरी बनेर साना सवारीसाधन डुब्ने र ठूला सवारीसाधन भाँसिएर यातायात सञ्चालनमा समस्या आउँदासमेत बेवास्ता भएपछि आज स्थानीयले सडक बन्द गरेका छन् ।

सडक बन्द भएपछि आज दिनभरी नै सो क्षेत्रमा यातायातका साधन बन्द भएका महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । मध्यपुरथिमी नगरपालिका–९ निकोसेरा क्षेत्रको उक्त सडकमा आज बिहान परेको पानीले सडकको करीब १०० मिटर क्षेत्र पूरै पोखरीमा परिणत भएर आवातजावतमा समस्या आएपछि स्थानीयले चक्का जाम गर्दै सडक बन्द गराएका हुन् ।

सडक फराकिलो गरि कालोपत्रे गरे पनि यो क्षेत्र भने ढलको निकासले पुरिँदा विगत चार वर्षदेखि यस्तै सास्ती भोग्दै आउनुपरेको छ । सडकमा ठूला पोखरी बनेर हरेक दिन पानीले भरिएकाले स्थानीयले व्यङ्ग गर्दै सडकको नाम नै पाँच पोखरी राखेको स्थानीय रामसुन्दर प्रजापतिले बताए । गाडीले सडकमा जमेको हिलो पानी हुत्याउँदा सडक छेउका बासिन्दा हैरान हुनुपरेको उनले बताए ।

स्थानीय व्यापारी कृष्णशरण श्रेष्ठले सडक बिग्रेर सास्ती खेप्नुपरेको बताउँदै बाटोमा ठूला गाडी आउने बेलामा पसलसम्म पानी आउदा व्यापारमा समेत नोक्सान व्यहोर्नुपरेको जानकारी दिए । सो सडकमा राजकुलो मासिएको, पानीले निकास नपाएको, ढल फुटेको र खानेपानीको पाइपलाइन फुटेर चुहावट हुँदा हरेक महीना पानी जम्ने गरेको स्थानीयको भनाइ छ ।

अरनिको राजमार्गको वैकल्पिक सडकको रुपमा रहेको निकोसेरा सडक अरनिको राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ आउजाउ गर्न वैकल्पिक सडक हो । वडा नं ९ का वडाध्यक्ष रामकाजी चक्रधरले सल्लाघारी, निकोसेरा, पुरानो ठिमी, सानो ठिमी, पेप्सीकोला हुँदै जडीबुटी चोक भएर सो वैकल्पिक मार्गमार्फत काठमाडौँ जाने सडकमा पानी व्यवस्थापन र ढल व्यवस्थापन गर्दा भएको गल्तीले समस्या आएको बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ९ : ३६ बजे

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको

रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

काठमाडौँ– पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले