मकवानपुरले सार्वजिनक गर्‍यो नीति तथा कार्यक्रम « Khabarhub

मकवानपुरले सार्वजिनक गर्‍यो नीति तथा कार्यक्रम


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- जिल्ला समन्वय समिति मकवानपुरले आगामी वर्षका लागि विभिन्न नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । चौथो जिल्ला सभामार्फत समितिले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति र संस्थालाई सम्मान र प्रोत्साहन गर्ने नीति अघि सारेको छ ।

समितिले पर्यटन विकासको माध्यमबाट प्रकृतिको संरक्षण, स्वरोजगार सिर्जना र आर्थिक विकासमा सहयोग पुर्‍याउन नेपाल सरकारले तय गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन समन्वय र सहकार्य गर्ने कार्यक्रमसमेत प्रस्तुत गरेको छ ।

हेटौँडामा भएको जिल्लासभाको प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानित गरिएको थियो । मजदूर क्षेत्रबाट हेटौँडा–४ का पूर्वसांसद ललित बस्नेत, मकवानपुरगढीका तरकारी किसान बद्री तिमल्सिना, हेटौँडाका बाख्रापालक गोविन्द सुवेदी, हेटौँडा–९ को पुष्पाञ्जलि आमा समूह, थाहा नगरपालिका, जिससमा लामो समयदेखि काम गर्दै आएका कर्मचारीलाई सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १० : ०८ बजे

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

गण्डकी– पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक