मकवानपुरले सार्वजिनक गर्‍यो नीति तथा कार्यक्रम | Khabarhub Khabarhub

मकवानपुरले सार्वजिनक गर्‍यो नीति तथा कार्यक्रम


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- जिल्ला समन्वय समिति मकवानपुरले आगामी वर्षका लागि विभिन्न नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । चौथो जिल्ला सभामार्फत समितिले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति र संस्थालाई सम्मान र प्रोत्साहन गर्ने नीति अघि सारेको छ ।

समितिले पर्यटन विकासको माध्यमबाट प्रकृतिको संरक्षण, स्वरोजगार सिर्जना र आर्थिक विकासमा सहयोग पुर्‍याउन नेपाल सरकारले तय गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन समन्वय र सहकार्य गर्ने कार्यक्रमसमेत प्रस्तुत गरेको छ ।

हेटौँडामा भएको जिल्लासभाको प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानित गरिएको थियो । मजदूर क्षेत्रबाट हेटौँडा–४ का पूर्वसांसद ललित बस्नेत, मकवानपुरगढीका तरकारी किसान बद्री तिमल्सिना, हेटौँडाका बाख्रापालक गोविन्द सुवेदी, हेटौँडा–९ को पुष्पाञ्जलि आमा समूह, थाहा नगरपालिका, जिससमा लामो समयदेखि काम गर्दै आएका कर्मचारीलाई सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १० : ०८ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले