डेंगु कसरी सर्छ ? बच्ने उपाय यी हुन् « Khabarhub

डेंगु कसरी सर्छ ? बच्ने उपाय यी हुन्


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकभर अहिले डेंगुको संक्रम निकै बढेको छ । समयमै उपचार गरे डेंगु निको हुने र आत्तिहाल्नुपर्ने अवस्था नरहेको चिकित्सकहरु बताउँछन् ।

डेंगुबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट टाढा रहनुपर्छ । देशभर डेंगुको प्रकोप बढेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण महाशाखामा बिरामीको चाप बढेको छ ।

डेंगु भएको कसरी थाहा पाउने ?

• –एक्कासी उच्च ज्वरो आउनु,
• –लगातार ५ देखि ७ दिनसम्म ज्वरो आउनु,
• –असाध्यै टाउको दुख्नु,
• –आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु,
• –ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु,
• –शरीरमा बिमिरा आउनु ।

डेंगुबाट यसरी बच्नुहोस्

• –डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ,
• –पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्छ,
• –पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ,
• –कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक-दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,
• –फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ,
• –एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ,
• –सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ,
• –लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ ।
• –घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
• –घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ८ : ४४ बजे

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि