नागरिकता र राहदानी लिनेको सङ्ख्यामा वृद्धि « Khabarhub

नागरिकता र राहदानी लिनेको सङ्ख्यामा वृद्धि


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– वर्षैपिच्छे नागरिकता र राहदानी लिनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा १० हजार पाँच नेपाली नागरिकता वितरण गरेको छ ।

कार्यालयले वंशजका आधारमा १० हजार पाँच र वैवाहिक अङ्गीकृत २० गरी कूल १० हजार २५ नागरिकता वितरण गरेको हो ।

त्यसैगरी, पाँच हजार ६७९ ले प्रतिलिपि लिएका छन् । त्यस्तै चार जनाले नागरिकता परित्याग गरेका छन् भने एकको नागरिकता रद्द गरिएको प्रशासन शाखाका सहायक कम्प्युटर अपरेटर प्रेमबहादुर आलेले जानकारी दिए । त्यस्तै कार्यालयले गत साउन मसान्तसम्म ९०२ नागरिकता वितरण गरेको छ ।

वंशजका आधारमा ९०२ र दुई वैवाहिक अङ्गीकृत रहेका सो कार्यालयले जनाएको छ । साउनमा मात्रै नाबालक परिचयपत्र ५६ लाई प्रदान गरिएको छ ।

कार्यालयले पछिल्लो समय स्थानीयवासीलाई सहज सेवा प्रदान गर्न गाउँमै घुम्ती शिविर राखेर सेवा प्रवाह गर्दै आएका कारण जिल्ला प्रशासन कार्यालयमा आई नागरिकता बनाउने सङ्ख्यामा कमी आएको छ ।

जिल्लाका १० वटै स्थानीय तहमा हरेक महीनाको एक पटक नागरिकता घुम्ती शिविर सञ्चालन गर्ने योजनाअनुरुप शिविर गरिँदै आएको कार्यालयका प्रशासकीय अधिकृत रामप्रसाद ढकालले बताए ।

राहदानी वितरण

जिल्ला प्रशासन कार्यालयले आव २०७५/७६ मा चार हजार ९०७ लाई राहदानी वितरण गरेको छ । कार्यालयले जिल्लाबाट सिफारिश भएका छ हजार १०५ लाई राहदानी प्रदान गरेको छ भने दुई हजार २१९ ले द्रुतसेवामार्फत सिफारिस भई काठमाडाँैबाट राहदानी लिएका छन् ।

कार्यालयका अनुसार पछिल्लो समय दैनिक २५/३० जनाको हाराहारीमा सेवाग्राही राहदानीका लागि कार्यालय आउने गरेका प्रशासकीय अधिकृत ढकालले बताए ।

केही युवापिँढी अध्ययनका लागि र केही वैदेशिक रोजगारीका लागि राहदानी बनाउन आउने गरेका छन् । उहाँले भन्नुभयो, “कार्यालयमा गत वर्षको तुलनामा यस वर्ष राहदानी बनाउन आउनेको सङ्ख्या बढ्दै गएको छ ।” उनका अनुसार कार्यालयले २०७६/७७ को साउन मसान्तसम्म ५३६ लाई राहदानी प्रदान गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १० : ३८ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा