सक्कली भनेर ८ लाख रुपैयाँमा नक्कली सुनका गहना बिक्री « Khabarhub

सक्कली भनेर ८ लाख रुपैयाँमा नक्कली सुनका गहना बिक्री


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सक्कली भनेर नक्कली सुनका गरगहना बिक्री गर्ने एक गहना पसलका सञ्चालक पक्राउ परेका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित गणेश लक्ष्मी ज्वेलर्सका सञ्चालक विराटनगर महानगरापालिका–४ घर भएका ३६ वर्षी जितेन्द्र साह पक्राउ परेका हुन् ।

स्थानीय उपभोक्ताहरुको उजुरीका आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार लक्ष्मी ज्वेलर्सका सञ्चालक साहले विभिन्न मितिमा सक्कली भनेर नक्कली सुनाका गहना बिक्री गरेको भेटिएको छ ।

नक्कली सुनका गहना बिक्री गरेर उनले विभिन्न व्यक्तिबाट ८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साहमाथि ठगी कसुरअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १२ : ५३ बजे

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको