सत्तारुढ दलकी सांसदको प्रस्ताव– भारतसँगको सीमा क्षेत्रमा सेना परिचालन गरौं « Khabarhub

सत्तारुढ दलकी सांसदको प्रस्ताव– भारतसँगको सीमा क्षेत्रमा सेना परिचालन गरौं


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव अगाडि सारेकी छन् ।

भारतले सीमा क्षेत्र अतिक्रमणका गतिविधि बढाउँदै लगेको उल्लेख गर्दै सांसद भुसालले सीमा नाका बन्द गर्नुपर्ने बताएकी हुन् ।

साथै, सीमा क्षेत्रको सुरक्षाका लागि सेना परिचालन गर्नुपर्ने पनि सांसद भुसालको प्रस्ताव छ ।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै बोल्दै सांसद भुसालले यस्तो प्रस्ताव राखेकी हुन् । दैनिक मिटरका दरले भारतीय सीमा सुरक्षा बलले हतियारको बलमा नेपालको हजारौं किलोमिटरसम्मको भूमि मिच्ने काम गरेकाले त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्ने भुसालको जिकिर छ ।

‘भारतीय सीमा सुरक्षा बलले जब्बरजस्ती नेपालको भूमि दैनिक मिटरमा र वर्षमा हजारौं किलोमिटरका दरले मिच्ने गरेको छ,’ सांसद भुसालको भनाइ थियो, ‘त्यसकारण त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्छ ।’

नेकपा सांसद पम्फा भुसाल

सांसद भुसालले दुई मुलुकबीचको नागरिकलाई आवातजावतका लागि अनिवार्य परिचय–पत्रको व्यवस्था गर्नुपर्ने पनि बताइन् ।

सत्तारुढ दलकी सांसद भुसालको प्रस्तावप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले भने आपत्ति जनाए । कांग्रेस सांसद देबेन्द्रराज कँडलले नेपाल–भारतबीचको सीमा नाका बन्द गर्ने सत्तारुढ नेकपाकी सांसद भुसालको प्रस्तावप्रति आपत्ति जनाए ।

भौगोलिक रुपमा पनि निकट सम्बन्ध रहेको दुई मुलुकबीच सीमा नाका बन्द गर्न नमिल्ने उल्लेख गर्दै बरु भूमि मिच्न नदिन सरकारले भारत सरकारसँग तत्काल कूटनीतिक पहल गर्नुपर्ने सांसद कँडेलको भनाइ थियो ।

नेपाल–भारतबीच भौगोलिक रुपमा समेत अति सामिप्यता भएकाले सीमा क्षेत्रमा काँडेतार लगाउने कुरा दुवै पक्षलाई मान्य नहुने कँडेलको तर्क छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  २ : १० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर