महिला हिंसा अन्त्यका लागि कडा कानून बनाउन सांसदहरुको माग « Khabarhub

महिला हिंसा अन्त्यका लागि कडा कानून बनाउन सांसदहरुको माग


२५ भदौ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरुले महिला हिंसा अन्त्यका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद धनकुमारी खतिवडाले हत्या, हिंसा र बालिका तथा किशोरीको बलात्कारका घटना बढ्दै गएको भन्दै दोषिलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

नवलपरासीमा कार्यालय हिँडेकी युवती माथि १० जनाको समूहले सामुहिक बलात्कार, रसुवाका ११ र ६ वर्षीया बालिकाको बलात्कार भएको भन्दै उनले दैनिक बालिका र किशोरीमाथिका हिंसाका घटना बढ्दै जाँदा पनि सरकारले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन नसकेको टिप्पणी गरिन् ।

त्यसैगरी, मुक्ता कुमारी यादवले प्रदेश नम्बर २ को सरकारले बेटी बचाउन बेटी पढाउ नारा अघि सारिरहेकै बेला पढ्न हिँडेकी बालिकामाथि हिंसाका घटना भएको भन्दै संविधान संसोधन गरेर भएपनि अपराधीलाई फाँसीको सँजायको व्यवस्था गर्न माग गरिन् ।

सांसद नैनकला ओझाले मोरङ्गको क्षेत्र नम्बर ३ को राधा नगरमा तेल उत्खनन गर्ने भनिए पनि २५ बर्ष देखि काम सुरु हुन नसकेको भन्दै त्यसतर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराइन् ।

सांसद प्रकाश पन्थले बैठकमा सांसदहरुले उठाएको सवालको सम्बन्धीत मन्त्रालयले जवाफ दिनेतर्फ गम्भीर नभएको भन्दै संसदीय मामिला हेर्ने कानुन मन्त्रालय र सम्बन्धीत निकायको ध्यानाकषण गराए ।

सांसद बलराम प्रसाद बास्कोटाले हरेक चाडपर्वमा कृतिम अभाव श्रृजना हुने, गुणस्तरहिन सामान र खाद्यान्नमा मिसावट हुने गरेको भन्दै त्यस तर्फ समयमै सोच्न सरकारको ध्यानार्षण गराए ।

सांसद मिना बुढाले रोल्पा जिल्लाको शहीद मार्ग पहिरोका कारण अवरुद्ध भएको भन्दै पहिरो हटाई सवारी यातायात सुचारु गराउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराए ।

सांसद युटोल तामाङ्ग मुगु जिल्लाका बाढी पहिरो प्रभावितका लागि क्षतिपुर्ति तथा राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २५ भदौ २०७६, बुधबार  २ : २१ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको