महिला हिंसा अन्त्यका लागि कडा कानून बनाउन सांसदहरुको माग « Khabarhub

महिला हिंसा अन्त्यका लागि कडा कानून बनाउन सांसदहरुको माग


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरुले महिला हिंसा अन्त्यका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद धनकुमारी खतिवडाले हत्या, हिंसा र बालिका तथा किशोरीको बलात्कारका घटना बढ्दै गएको भन्दै दोषिलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

नवलपरासीमा कार्यालय हिँडेकी युवती माथि १० जनाको समूहले सामुहिक बलात्कार, रसुवाका ११ र ६ वर्षीया बालिकाको बलात्कार भएको भन्दै उनले दैनिक बालिका र किशोरीमाथिका हिंसाका घटना बढ्दै जाँदा पनि सरकारले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन नसकेको टिप्पणी गरिन् ।

त्यसैगरी, मुक्ता कुमारी यादवले प्रदेश नम्बर २ को सरकारले बेटी बचाउन बेटी पढाउ नारा अघि सारिरहेकै बेला पढ्न हिँडेकी बालिकामाथि हिंसाका घटना भएको भन्दै संविधान संसोधन गरेर भएपनि अपराधीलाई फाँसीको सँजायको व्यवस्था गर्न माग गरिन् ।

सांसद नैनकला ओझाले मोरङ्गको क्षेत्र नम्बर ३ को राधा नगरमा तेल उत्खनन गर्ने भनिए पनि २५ बर्ष देखि काम सुरु हुन नसकेको भन्दै त्यसतर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराइन् ।

सांसद प्रकाश पन्थले बैठकमा सांसदहरुले उठाएको सवालको सम्बन्धीत मन्त्रालयले जवाफ दिनेतर्फ गम्भीर नभएको भन्दै संसदीय मामिला हेर्ने कानुन मन्त्रालय र सम्बन्धीत निकायको ध्यानाकषण गराए ।

सांसद बलराम प्रसाद बास्कोटाले हरेक चाडपर्वमा कृतिम अभाव श्रृजना हुने, गुणस्तरहिन सामान र खाद्यान्नमा मिसावट हुने गरेको भन्दै त्यस तर्फ समयमै सोच्न सरकारको ध्यानार्षण गराए ।

सांसद मिना बुढाले रोल्पा जिल्लाको शहीद मार्ग पहिरोका कारण अवरुद्ध भएको भन्दै पहिरो हटाई सवारी यातायात सुचारु गराउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराए ।

सांसद युटोल तामाङ्ग मुगु जिल्लाका बाढी पहिरो प्रभावितका लागि क्षतिपुर्ति तथा राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  २ : २१ बजे

जेन-जी आन्दोलनमा भएको क्षतिको ५ अर्ब बढीको दाबी भुक्तानी

काठमाडौं– भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा भएको क्षतिको बीमा

विद्युतीय मेसिनमा मत खसाल्दा पनि तनाव : एमालेका प्रतिनिधि असिनपसिन, केही भए बेहोस्

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

एमालेको मतदान सुस्त, आठ घण्टामा खस्यो ८०२ मत

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

एमाले महाधिवेशन : ४ बजेसम्ममा ७२१ मत खस्यो

काठमाडौं– नेकपा एमालेकै एघारौँ महाधिवेशनमा करिब ७ घण्टा बितिसक्दा दिउँसो

राजसंस्था र हिन्दु राष्ट्र फर्किने सम्भावना बलियो बनेर गएको छ : कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन-जी युवाहरूको आन्दोलनको अधुरो