एप्पलले सार्वजनिक गर्यो‍ नयाँ मोडलका आईफोन, यस्ता छन् विशेषता « Khabarhub

एप्पलले सार्वजनिक गर्यो‍ नयाँ मोडलका आईफोन, यस्ता छन् विशेषता


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एप्पलले नयाँ मोडलका आइफोनहरु सार्वजनिक गरेको छ । एप्पलले आईफोन–११, आईफोन–११ प्रो र आईफोन– ११ प्रो म्याक्स सार्वजनिक गरेको हो ।

यी फोनहरुको बजार मूल्य क्रमशः ६ सय ९९ डलर, ९ सय ९९ र १ हजार ९९ डलर रहेको छ । सेप्टेम्बर १३ देखि यी मोडलका फोनहरु बजारमा उपलब्ध हुने एप्पलले जनाएको छ ।

आइफोनका ११ सिरिजका फोनको मुख्य विशेषता लङ लाइफ ब्याट्री रहेको कम्पनीले दाबी गरेको छ ।

यस्ता छन् विशेषता

नयाँ आइफोनमा ए १३ बायोनिक प्रोसेसर प्रयोग गरेको छ । बायोनिक प्रोसेसरले फोनको क्षमतालाई झन् छिटो र छरितो बनाउने कम्पनीको दाबी छ । आइफोन– ११ मा चाँडै फेस अनलकको सुविधा समेत राखिएको छ ।

क्यामेरा नाइड मोड सुविधा समेत भएको आईफोन–११ प्रोको पछाडि ३ वटा क्यामेरा छन् भने आईफोन ११ मा २ वटा छन् । फ्रन्ट क्यामेर १२ मेगापिक्सलको छ । यस्तै फोनले ४के भिडियोहरु खिच्न सक्छन् ।

११ सिरिजका फोनहरु आईओएस १३ ओपरेटिङ सिस्टम प्रयोग गरिएको छ । आइफोन ११ मा ६४, १२८ र २५६ जिबीको इन्टरनल स्टोरेज, ११ प्रो र प्रो म्याक्समा ६४, २५६ र ५१२ जीबीको इन्टरनल स्टोरेज उपलब्ध छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ४ : ३५ बजे

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार