काठमाडौंका मिठाई पसलमा सरकारी अनुगमन, मिठाईको गुणस्तर जाँच « Khabarhub

काठमाडौंका मिठाई पसलमा सरकारी अनुगमन, मिठाईको गुणस्तर जाँच


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाडबाड नजिकिँदै जाँदा सरकारले बजार अनुमगनलाई पनि तीव्रता दिएको छ । कृषि विकास मन्त्रालयको अग्रसरतामा बुधबार काठमाडौंका विभिन्न मिठाई पसलहरुमा अनुगमन गरिएको हो ।

दशँै, तिहारजस्ता चाँडपर्वलाई लक्षित गरेर कृषि राज्यमन्त्री रामकुमारी चौधरी नेतृत्वको सरकारी टोलीले काठमाडौंको त्रिपुरेश्वरस्थित आँगन, गुलाब र सजन गोथ मिठाई पसलको अनुगमन गर्‍यो ।

गुणस्तरीय खाद्य वस्तुको उत्पादन र बिक्री वितरणका लागि सम्बन्धित निकायलाई सचेत गराउन बजार अनुगमनको कामलाई तीव्रता दिइएको कृषि राज्यमन्त्री चौधरीले जानकारी दिइन् ।

उनले अनुगमनको क्रममा तीन वटै पसलहरुको व्यवस्थापकीय पक्ष कमजोर देखिएकाले उनीहरुले उत्पादन गरेका मिठाई र मिठाईका परिकारहरुको गुणस्तर जाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको जानकारी दिइन् । सरकारले सबै खाद्य वस्तु उत्पादन तथा बिक्री वितरण केन्द्रहरुमा अनुगमनको कामलाई तीव्रता दिने योजना बनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मनिता वैद्यले खाद्य वस्तुको गुणस्तरीयता र स्वच्छता कायम गराउन बजार अनुगमनको कामलाई जोड दिइएको बताइन् । उनले अनुगमनका क्रममा सरसफाइमा धेरै कमजोरी भेटिएको पनि बताइन् । मिठाई पसलमा प्रयोग गरिएका घ्यू, रंगको गुणस्तरीयतामाथि प्रश्न उठेकाले त्यसको परीक्षणका लागि लगिएको विभागले जनाएको छ ।

यसैबीच, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुज्ञा–पत्र लिएर मात्रै खाद्य वस्तुको बिक्री वितरण गर्न व्यापारीहरुलाई निर्देशन दिएको छ । विभागकी महानिर्देशक वैद्यले अनुज्ञा पत्र लिएर मात्रै खाद्य वस्तुको बिक्री वितरण गर्न सम्बन्धित सबै निकायलाई सचेत गराइएको जानकारी दिइन् । सरकारले खाद्य वस्तुको गुणस्तरीयता र स्वच्छता कायम गराउन बजार अनुगमनका लागि काठमाडौं उपत्यकामा मात्रै दैनिक नौ वटा टोली परिचालन गर्दै आएको बताएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ५ : ४५ बजे

जेन-जी विद्रोहले तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत

आज २०८२ साल फागुन २१ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार