गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले  « Khabarhub

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा गरी आज गृह मन्त्रालयबाट औपचारिक रूपमा बिदा लिएका छन्। 

नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ लिएसँगै भोलि नयाँ सरकार गठन हुने तयारी भइरहेका बेला उनले पदबाट बिदा लिएको हो।

मन्त्रालयमा आयोजित विशेष बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले जेन–जी जनआन्दोलनपछिको असामान्य र चुनौतीपूर्ण परिस्थितिमा जिम्मेवारी सम्हालेको स्मरण गरे। उनले आफ्नो कार्यकालमा शान्ति–सुरक्षाको सामान्यीकरण, सुशासन सुदृढीकरण र स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु नै मुख्य उपलब्धि भएको बताए।

मन्त्री अर्यालले आफ्नो कार्यकालमा भएका प्रमुख कामहरू मन्त्रालयको संस्थागत अभिलेखका रूपमा हस्तान्तरण गरेका छन् । सो अवसरमा उहाँले जेन–जी आन्दोलनका ४२ जना सुशासन योद्धा र तीन जना प्रहरीलाई शहीद घोषणा गरिएको, घाइतेहरूको वर्गीकरण गरी जीविकोपार्जन भत्ताको व्यवस्था गरिएको तथा आन्दोलनका क्रममा क्षतिग्रस्त ४६५ सरकारी कार्यालयको पुनर्निर्माण गरी सेवा सुचारु गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ६ : ४७ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित