काठमाडौंमा फर्निचर तथा फर्निसिङ प्रर्दशनी सुरु « Khabarhub

काठमाडौंमा फर्निचर तथा फर्निसिङ प्रर्दशनी सुरु


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा बुधबारदेखि फर्निचर तथा फर्निसिङ सामग्रीहरुको प्रर्दशनी सुरु भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यक्रमकाबीच काठमाडौंको भृकुटीमण्डलमा सुरु भएको प्रर्दशनीको उद्घाटन गरेका हुन् । ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ नाम दिइएको प्रर्दशनी पाँच दिनसम्म चल्नेछ ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ तथा नेपाल चेम्बर अफ कमर्शको संयोजनमा सुरु भएको सो प्रर्दशनीको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष रुपेश प्रधानले नेपाल सरकारसँग फर्निचर व्यवसायमैत्री वातावरण बनाई दिन आग्रह गरे । उनले सरकारले यस क्षेत्रको विकासका लागि भन्सार शुल्कमा समेत भारी छुट दिनुपर्ने माग गरे ।

प्रर्दशनीमा किचन, बेडरुम, बाथरुपका साथै कार्पेट, मार्बललगायतका सामग्रीहरु राखिएका छन् । स्वदेशी तथा विदेशी गरी एक सय २० वटा स्टल रहेको प्रर्दशनीले नेपालको फर्निचर व्यवसायको बजारीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ६ : १३ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक