काठमाडौंमा फर्निचर तथा फर्निसिङ प्रर्दशनी सुरु | Khabarhub Khabarhub

काठमाडौंमा फर्निचर तथा फर्निसिङ प्रर्दशनी सुरु


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा बुधबारदेखि फर्निचर तथा फर्निसिङ सामग्रीहरुको प्रर्दशनी सुरु भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यक्रमकाबीच काठमाडौंको भृकुटीमण्डलमा सुरु भएको प्रर्दशनीको उद्घाटन गरेका हुन् । ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ नाम दिइएको प्रर्दशनी पाँच दिनसम्म चल्नेछ ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ तथा नेपाल चेम्बर अफ कमर्शको संयोजनमा सुरु भएको सो प्रर्दशनीको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष रुपेश प्रधानले नेपाल सरकारसँग फर्निचर व्यवसायमैत्री वातावरण बनाई दिन आग्रह गरे । उनले सरकारले यस क्षेत्रको विकासका लागि भन्सार शुल्कमा समेत भारी छुट दिनुपर्ने माग गरे ।

प्रर्दशनीमा किचन, बेडरुम, बाथरुपका साथै कार्पेट, मार्बललगायतका सामग्रीहरु राखिएका छन् । स्वदेशी तथा विदेशी गरी एक सय २० वटा स्टल रहेको प्रर्दशनीले नेपालको फर्निचर व्यवसायको बजारीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ६ : १३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र