नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ « Khabarhub

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे सहित २३ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ । सात जनाले भने सफाइ पाएका छन् ।

मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न आदेश गरेको हो ।

०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, पूर्वगृहसचिव पाण्डेसहित ३० जनाविरूद्ध ठगी, लिखत किर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुर लगाउँदै सरकारी वकिलले मुद्दा दायर गरेको थियो।

सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरूङ, सञ्जीव रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी छन्।

प्रतिवादीहरूमध्ये पूर्वउपप्रधानमन्त्री रायमाझीलाई राज्यविरूद्धको कसुर, ठगी तथा संगठित अपराधमा जिल्ला अदालतले दोषी ठहर गरेको छ। पूर्वगृहमन्त्री खाणलाई भने मतियार ठहर गरिएको छ।

त्यस्तै, पूर्व गृहसचिव पाण्डेलाई ठगी, संगठित अपराध र राज्यविरूद्धको कसुरमा दोषी ठहर गरिएको जिल्ला अदालतको फैसलामा उल्लेख छ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ८ : ५१ बजे

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई

कुलमानको आरोप- स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिए, कर्मचारीलाई निराश बनाए

काठमाडौं– उज्यालो नेपाल पार्टीले वर्तमान सरकार सस्तो प्रचारमुखी कार्यमा बढी

इरान, ओमान, साउदी अरेबियाद्वारा स्ट्रेट अफ होर्मुजलाई सुरक्षित गर्न संयुक्त प्रयासको आह्वान

तेहरान- इरान, ओमान र साउदी अरेबियाले स्ट्रेट अफ होर्मुजको सुरक्षा

श्रेष्ठको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

इस्लामावाद- पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण