पूर्वराजदूत झाको हत्या आरोप लागेका सानुकान्छा पुर्पक्षका लागि जेल चलान « Khabarhub

पूर्वराजदूत झाको हत्या आरोप लागेका सानुकान्छा पुर्पक्षका लागि जेल चलान


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजदुत केशव झाको हत्या आरोपमा पक्राउ परेका सुरक्षागार्ड सानुकान्छा तामाङलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

पूर्वराजदूत हत्या प्रकरणमा दोस्रो पटक पक्राउ परेका तामाङलाई बुधबार जिल्ला अदालत काठमाडौं पुर्पक्षका लागि थुनामा पठाएको हो । जिल्ला अदालत काठमाडौंमा उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो ।

झाको बबरमहलस्थित आफ्नै निवासको एकान्त कोठामा रहस्यमय तरिकाले हत्या गरेको आशंकामा प्रहरीले तामाङलाई पक्राउ गरेको थियो । झाकी पत्नी ज्ञानुले तामाङविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई यही भदौ १ गते पक्राउ गरेको थियो ।

गत वर्ष भदौ ३ गते राति बबरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट ८० वर्षीय बयोवृद्ध झाको हत्या भएको थियो । झामाथि १३ इन्च लामो घरेलु चक्कुले टाउकोमा ४ र घाँटी छेउमा २ पटक प्रहार गरेर हत्या गरिएको विवरण प्रहरी मुचुल्कामा उल्लेख छ ।

मध्यराति घरभित्र सुतिरहेको अवस्थामा झाको हत्या भएपछि लगत्तै अनुसन्धानमा खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले झाकै घरमा पाले तथा भान्छे बसेका तामाङसँगै माली आइतसिंह तामाङ र भान्छे जयबहादुर तामाङलाई पक्राउ गरेको थियो ।

झा हत्या आरोपमा पक्राउ परेका उनीहरु भदौ २९ गते ८–८ हजार रुपैयाँ धरौटीमा छुटेका थिए । महाशाखाले तीनैजनाको पोलिग्राफ परीक्षण गरेको थियो जसमा आइतसिंह र जयबहादुरले झुटो नबोलको पत्ता लागेको थियो भने सानुकान्छाले झुटो बोलेको त्यसबेलै पत्ता लागको थियो ।

पोलिग्राफपछि प्रहरीले सानुकान्छाको नार्को परीक्षण (औषधी खुवाएर अर्धचेत बनाई मनोविज्ञले प्रश्न सोध्ने विधी) समेत गरेको थियो । त्यसमा समेत कुनै ‘क्लु’ फेला परेको थिएन ।

फिंगर प्रिन्टमा समेत केही नदेखिएपछि अन्तत सानुकान्छा प्रहरीबाट छुटेका थिए । यद्यपि, प्रहरीले सानुकान्छाको पोलिग्राफ परीक्षणमा शंका गर्नुपर्ने आधारहरु भेटिएको दाबी गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ७ : ४६ बजे

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई