१०७ वटी श्रीमतीका पति बेल्लोको अर्को बिहे गर्ने चाहाना ! « Khabarhub

१०७ वटी श्रीमतीका पति बेल्लोको अर्को बिहे गर्ने चाहाना !


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मानिसहरुका चाहना पनि अनेक हुन्छन् । अधिकांश मुलुकमा एउटा भन्दा बढी विवाह गर्दा बहुविवाहको मुद्दा बेहोर्नुपर्छ ।

तर, नाइजेरियाका एक व्यक्तिलाई भने १०७ वटा श्रीमती हुँदा पनि अझै विवाह गर्ने चाहना मरेको छैन । १०७ वटा श्रीमतीका पति हुन मोहम्मद बेल्लो अबबुकर ।

त्यसो त बेल्लो अबबुकर नाइजेरियनका विवादित पुरुष हुन् । उनको उमेर ९३ वर्ष भएको छ । उनका श्रीमती मात्रै १०७ वटी छन् भने बच्चा १८५ जना छन् ।

यसका बावजूद मोहम्मद बेल्लोले अर्को बिहे गर्ने चाहना राखेका छन् । बेल्लोले भनेका छन् कि, अझै म मरेको छैन, पूरै तरिकाले जिउँदो छु, बिहे गर्न जारी नै राख्नेछु ।

बेल्लो यसरी बिहे गर्ने ईश्वरको हुकुम भएको बताउँछन् । केही इस्लामिक अधिकारीसँग बेल्लोको झगडा पनि भइसकेको छ । बेल्लोको परिवारलाई सिंगो समुदायका रुपमा हेरिन्छ ।

केही समय पहिले उनको मृत्यु भएको खबर सार्वजनिक भएको थियो । तर पछि उनले आफ्ना विरोधीहरुले यस्तो भ्रम फैलाएको भन्दै पत्रकार सम्मेलन समेत गरेका थिए ।

यस खबरलाई लिएर मोहम्मद बेल्लोले पत्रकारसँग आफू पूर्ण रुपमा जिउँदो भएको बताए । त्यो समयमा उनले भनेका थिए ‘जसले मेरो मृत्युको खबर फैलाएको छ, उसलाई अल्लाहले मलाई के गरे र उसका लागि के गरिरहेका छन् ।’

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ८ : ०८ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील