बढी भाडा लिने सवारी साधनबाट रकम फिर्ता « Khabarhub

बढी भाडा लिने सवारी साधनबाट रकम फिर्ता


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- दशैँ मनाएर राजधानी काठमाडौंतर्फ फर्किने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि सप्तरीका सडकमा चेकजाँचमा कडाइ गरिएको छ ।

इलाका प्रहरी कार्यालय कडरबोना र अस्थायी ट्राफिक प्रहरी पोष्ट कदमाहाको संयुक्त टोलीले पूर्वका विभिन्न स्थानबाट आउने सवारी साधनलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गा नगरपालिका– ६ कडरबोनामा रोकेर यात्रुसँग भाडा के कति लिइएको हो सोधपुछ थालेको छ ।

इलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीका अनुसार जाँचका क्रममा करीब २० जना यात्रुबाट बढी भाडा लिइएको सात हजार रकम फिर्ता गराइएको छ ।

क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कानूनबमोजिम जरिवानासमेत गरी चालक तथा सहचालकलाई सम्झाइबुझाइ गरी गन्तव्यतर्फ पठाइएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

गन्तव्यमा पुग्नैपर्ने यात्रुलाई बाध्य पारेर बढी भाडा लिने गरिएको भन्दै प्रहरी निरीक्षक केशरीले त्यस्ता सवारीलाई रकम फिर्ता गराई कारबाही चालिएको र सवारी गतिसमेत चेकजाँच गर्न थालिएको बताए ।

राजमार्गमा सवारी दुर्घटना बढेकाले विभिन्न चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलका चालक समेतलाई रोकी ट्राफिक नियम र दुर्घटना न्यूनीकरण गर्न जनसचेतनामूलक कार्य गरिएको जिल्ला ट्राफिक प्रहरी प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ८ : ४४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना