सर्पको डसाइबाट एकको मृत्यु « Khabarhub

सर्पको डसाइबाट एकको मृत्यु


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- सर्पको डसाइबाट दाङमा एक जनाको मृत्यु भएको छ । एक जनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरी रहेका छन् । खेतमा मुसुरो छर्ने क्रममा बिहीबार ‘डुमिनी’ नामक विशालु सर्पको डसाइबाट घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिए । मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।

त्यसैगरी पश्चिम दाङको शान्तिनगर गाउँपालिका–२ बाघमारेका ६० वर्षीय रामबहादुर रावत पनि सर्पको डसाइबाट गम्भीर रहेका छन् ।

आफ्नै घरको बरण्डामा गएराति बसिरहेको अवस्थामा विषालु सर्पले निजलाई डसेको प्रहरीले जनाएको छ । सर्पको डसाइबाट गम्भीर रहेका रावतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ९ : ३४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना