सर्पको डसाइबाट एकको मृत्यु « Khabarhub

सर्पको डसाइबाट एकको मृत्यु


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- सर्पको डसाइबाट दाङमा एक जनाको मृत्यु भएको छ । एक जनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरी रहेका छन् । खेतमा मुसुरो छर्ने क्रममा बिहीबार ‘डुमिनी’ नामक विशालु सर्पको डसाइबाट घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिए । मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।

त्यसैगरी पश्चिम दाङको शान्तिनगर गाउँपालिका–२ बाघमारेका ६० वर्षीय रामबहादुर रावत पनि सर्पको डसाइबाट गम्भीर रहेका छन् ।

आफ्नै घरको बरण्डामा गएराति बसिरहेको अवस्थामा विषालु सर्पले निजलाई डसेको प्रहरीले जनाएको छ । सर्पको डसाइबाट गम्भीर रहेका रावतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ९ : ३४ बजे

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक