अपडेट : सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्यो « Khabarhub

अपडेट : सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्यो


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ४० भन्दा बढी घाइते छन् ।

मृत्यु हुनेमा इन्द्रवती गाउँपालिकका ९ का हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य रहेका छन् । त्यस्तै काभ्रे पाँचखालकी संगीता पुरकोटी र काभ्रेका केदार महाजु छन् । महाजु बसका चालक हुन् । अन्यको सनाखत भएको छैन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० र ११ को सीमा क्षेत्र शिवटारबाट काठमाडौं जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रावती गाउँपालिकाअन्तर्गतको भीमटार नजिक दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ भने ५ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

प्रदेश नम्बर तीनका सामाजिक विकास मन्त्री युवराज दुलाल सेनाको हेलिकोप्टर लिएर घटनास्थल पुगेका हुन् । घटनास्थल दुलालको निर्वाचन क्षेत्रसमेत हो ।

घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको मन्त्री दुलालले जानकारी दिए ।

बसमा दशैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रु थिए । प्रहरीका अनुसार ग्रामिण सडकमा रहेको घुम्तीबाट बस सडकबाहिर अन्दाजी ६० मिटर तल खसेको थियो । दुर्घटनाको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १ : ०२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना