बजार अनुगमन नहुँदा रोल्पाका उपभोक्ता मारमा « Khabarhub

बजार अनुगमन नहुँदा रोल्पाका उपभोक्ता मारमा


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एल बि मगर

रोल्पा– रोल्पामा लामो समयदेखि स्थानीय बजारहरु अनुगमन नहुँदा उपभोक्ताहरु मारमा परेका छन् ।

स्थानीय प्रशासनले बजार अनुगमन नगर्दा व्यावसायीहरुले दैनिक उपभोग्यका सामाग्रीहरुमा कृतिम अभाव सृजना गरि चर्को मूल्यमा बिक्रीवितरण गरिरहेका छन् । जसका कारण उपभोक्ता ठगिएका छन् ।

प्रशासनले वेवास्ता गर्दा व्यापारीको मोनोपोली बढेको र उपभोक्ता मारमा परेको उपभोक्तावादीहरुको भनाइ छ ।

बजारमा पसल पिच्छे एउटै सामाग्रीको मूल्य फरक फरक भएको , खरिद मुल्यमा ५० प्रतिशतसम्म रकम थप गरेर उपभोक्तासँग लिने गरेको पाइएको छ । तर त्यसको अनुगमन सरकारी तवरबाट हुन सकेको छैन ।

उपभोग मितिको म्याद नाघेका उपभोग्य सामग्रीहरु उपभोक्ताहरुलाई बिक्रीवितरण गर्ने गरिएको भएपनि व्यापारीमाथि कुनै कारवाही हुने गरेको छैन ।

स्थानीय सरकार गठन भएसँगै उक्त अधिकार स्थानीय सरकारमा पनि रहेको छ । तर स्थानीय सरकारले यसबारेमा चासो नलिँदा उपभोक्ता मारमा परेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ३ : ५२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना