प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण « Khabarhub

प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई गौशालाको निरीक्षण गरेकी छन् । उनी आज दिउँसो महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुर टोलमा अवस्थित निगौल गाई गौशालाको निरीक्षण गरेकी हुन् । 

गाई गौशालाको निरीक्षणपछि प्रधानमन्त्री कार्कीले समयसमयमा यहाँका गाईको अवस्था दयनीय रहेको गुनासा उठ्दै आएको कुरालाई सम्झँदै गाईको संरक्षण गर्न, गाईको सेवा गर्न र गाई गौशालालाई रोजगारीको अवसरका रूपमा संरक्षण गर्न सुझाव दिइन् ।

उनले हिन्दू धर्ममा गाईलाई आमा मानिने गरिएकाले गाईमाथि कुनै पनि किसिमको शोषण हुन नदिन तथा यस गौशालालाई उद्योगका रूपमा विकास गरेर रोजगारी सृजना गर्न सल्लाह दिइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी हिन्दूले चरा, मुसो, उल्लु सबैलाई पूजा गर्छौँ र श्वास भएका जीवजन्तुलाई सेवा गर्छौँ,सबैले मिलेर गाईको सेवा गर्नुपर्छ ।’

उनले मैथिली भाषामा बोलेर गाईको सेवा गर्न स्थानीयलाई सम्बोधन गरेकी थिइन् । महोत्तरीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रमोद महतोलाई यस गौशालाको समस्या समाधानका लागि पहल गर्न आग्रह गरिन् ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ६ : ४४ बजे

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन