अपडेट : सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुग्यो « Khabarhub

अपडेट : सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुग्यो


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- इन्द्रावती गाउँपालिका–१० मा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो ।

सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सात जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य ५२ जनामध्ये पाँच जनाको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा गाडी दुर्घटना भएको हो । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटनामा पचास बढी घाइते रहेको स्थानीयवासी राजेन्द्र आचार्यले जानकारी दिए ।

छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० बढी यात्रु बसमा रहेको उनले बताए । हेलम्बु यातयातको सो बस कच्ची सडक र यात्रु बढी भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घाइतेको धुलिखेल र बनेपामा उपचार भइरहेको छ । धुलिखेल अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि एक बालकलाई काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेजमा ‘रिफर’ गरिएको छ। उपचारका लागि ल्याउने क्रममा मुत्यु भएका जुनादेवी लम्साल, गणेश तामाङ, सुमित पुर्कोटी, सुवास अधिकारी र मीना मगरको शव धुलिखेल अस्पतालमा रहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ६ : ४६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले