४ लाख रुपैयाँसहित ३९ जुवाडे पक्राउ | Khabarhub Khabarhub

४ लाख रुपैयाँसहित ३९ जुवाडे पक्राउ


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा दशैँ अवधिमा जुवातास खेल्ने ३९ जनालाई चार लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

दशैँ अवधिभर बाँकेमा जुवाका पाँचवटा खालमा प्रहरीले छापामारी ३९ जनालाई रु तीन लाख ९७ हजार १५३ सहित पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए ।

उनका अनुसार, पछिल्लोपटक नेपालगञ्जमा बिहीवार राति १७ जना जुवाडे पक्राउ परेका हुन् । गणेशपुरबाट रु एक लाख ८३ हजारसहित उनीहरु पक्राउ परेका थिए । सबभन्दा बढी कोहलपुर नगरपालिकाको विभिन्न वडाबाट २२ जना जुवाडे पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार, जुवा खेलिरहेको सूचनाका आधारमा रेडक्रस रोडमा रहेको एक इन्स्टिच्यूटबाट रु ९८ हजारसहित कोहलपुर नगरपालिका–११ न्यूरोड बस्ने उमेश शाही, सोही ठाउँका केशव क्षेत्री र वडा नं. १३ बस्ने नरबहादुर खत्रीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले गत शनिबार मात्र कोहलपुरमा जुवा खेल्दै गरेका १९ जना व्यक्तिलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । कोहलपुर नगरपालिका–५ शान्तिनगरबाट ११ जनालाई रु २६ हजार र शनिबार राति नै बैजानाथ गाँउपालिका–४ तिलकपुरबाट आठ जनालाई रु ९० हजार १५३ सहित नियन्त्रणमा लिएको हो ।

कोहलपुर र नेपालगञ्जमा जुवाका खालमा प्रहरीले धमाधम छापा हानेपछि नियमित जुवा खेल्नेहरु ग्रामीण क्षेत्रतिर लागेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ७ : २७ बजे

जुवातास खेल्ने २६ जना पक्राउ

काठमाडौं- जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र चितवनबाट प्रहरीले २६ जनालाई

धुलिखेलको ‘जन्मोत्सव उद्यान’ मा एक हजार बिरुवा रोपिए

काभ्रेपलाञ्चोक – धुलिखेलस्थित ‘जन्मोत्सव उद्यान’ र आसपासका क्षेत्रमा आज विभिन्न

बैंकिङ कसूर गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं- बैंकिङ कसूर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको

बाढी आउनसक्ने भन्दै जलविद्युत् आयोजनालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई

कांग्रेसलाई गुट-उपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र देखिएको गुटउपगुटको अन्त्य गर्नुपर्नेमा