सीसँग रात्रिभोजमा सहभागी हुने नेपाली अतिथिलाई सात बुँदे शर्त « Khabarhub

सीसँग रात्रिभोजमा सहभागी हुने नेपाली अतिथिलाई सात बुँदे शर्त


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि शनिबार राति आयोजना गरिने रात्रिभोजमा सहभागीहुनेहरुका लागि परराष्ट्रमन्त्रालयले कडा नियम बनाएको छ ।

रात्रि भोजमा सहभागी हुने नेपाली अतिथिहरुको हकमा विभिन्न ७ वुँदे शर्त राखिएका छन् । उनीहरुले यी सात बुँदाको पालना गर्दै अनुशासनमा बस्नुपर्ने छ ।

रात्रिभोज व्यवस्थापनको पाटो सम्हालेको परराष्ट्र मन्त्रालयले रात्रिभोजमा सहभागीहुनेहरुलाई निम्तोकार्ड समेत पठासकेको छ ।

यस्ता छन् सातबुँदे शर्त

१. पुरुषको हकमा राष्ट्रिय पोशाक वा कालो डार्क सुट, सेतो सर्ट, तुना वाध्ने छालाको कालो जुत्ता र महिलाको हकमा राष्ट्रिय पोशाक सारी वा डार्क सुट अनवार्य रुपमा लगाउनु पर्ने ।

२. सिटिङ ब्याङकेट भएको हुनाले निम्ता कार्ड प्राप्त हुनासाथ सहभागी हुने वा नहुने जानकारी शीघ्र गराउनु पर्ने ।

३. सुरक्षा जाँचको कारण निम्ता कार्डमा तोकिएको समयभन्दा ४५ मिनेट अगावै भोज स्थल पुग्नुपर्ने ।

४. मोवाइल फोन स्वीच अफ गर्नुपर्ने, तस्विर खिच्न नपाइने ।

५. प्रमुख अतिथिले खाना ग्रहण गर्न शुरु गरेपछि मात्र आफुले शुरु गर्नुपर्ने ।

६. सिटिङ डिनर चलिरहेको वेला उठ्न नपाउने, र प्रमुख अतिथि हल बाहिर निस्केपछि मात्र उठ्न पाउने ।

७. पाहुनालाई प्राथमिकता दिनु पर्ने ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ८ : ३१ बजे

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको