एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै « Khabarhub

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज दिउँसो ३ बजे देशभर प्रदर्शन गर्ने भएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको पक्राउविरुद्ध जनसंगठनको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

जनसंगठनहरुको आजको प्रदर्शन सबै जिल्लाका सदरमुकाम केन्द्रित हुने बताइएको छ । यस्तै, एमालेले चैत १५ गते मध्याह्न १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कार्यालयमा विरोधपत्र बुझाउने निर्णय गरेको छ ।

बालेन्द्र शाह नेतृत्वमा हिजो गठन भएको नयाँ सरकारले भदौमा भएको जेनजी आन्दोलन घटनामा पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित छानबिन समिनिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णय प्रति एमालेका २३ वटै जनसंगठनले हिजो नै विज्ञप्ति निकालेर अध्यक्ष ओलीलाई पक्राउ गरे प्रतिरोधमा उत्रने चेतावनी दिएका थिए ।

प्रहरीले ओलीलाई ज्यान सम्बन्धी कसूरमा अनुसन्धानका लागि आज बिहान उनकै निवास झक्तपुरको गुण्डुबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १ : ३९ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा