सिन्धुपाल्चोक बस दुर्घटना- मृतकका परिवारलाई गाउँपालिकाको २५ हजार रुपैयाँ राहत « Khabarhub

सिन्धुपाल्चोक बस दुर्घटना- मृतकका परिवारलाई गाउँपालिकाको २५ हजार रुपैयाँ राहत


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-१० मा भएको बस दुर्घटनामा परी ज्यान गुमाएकाका परिवारलाई गाउँपालिकाले राहत उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रतिपरिवार २५ हजार तत्कालै उपलब्ध गराउने जनाएको छ ।  

त्यस्तै घाइतेको उपचारमा गाउँपालिकाले आबश्यक सबै सहयोग उपलब्ध गराउने जनाएको छ । 

इन्द्रावती गाउँपालिका–१० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । 

भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ९ : ०२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली