इंग्लिस प्रिमियर लिग फुटबल- लिभरपुलसँग हार्‍यो सिटी | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग फुटबल- लिभरपुलसँग हार्‍यो सिटी


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुल विजयी भएको छ । उसले म्यान्चेष्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान लिभरपुल सिटीमाथि हावि देखिएको थियो । साविक विजेता सिटीलाई हराउँदै लिभरपुलले उपाधिमा आफ्नो दाबेदारिता प्रस्तुत गररेको छ ।

जितसँगै लिभरपुलले तालिकामा ८ अंकको अग्रता लिन सफल भएका छ । घरेलु मैदानमा सहज जित निकाल्ने क्रममा फाबिन्होले छैटौ मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए ।

लगत्तै लिभरपुलको डिबक्समा ह्याण्ड भएको भन्दै सिटीले बलियो अपिल गरेको थियो । तर रेफ्रीले त्यसको कुनै सुनुवाई गरेनन् ।

मोहमद सलाहाले १३ औ मिनेटमा हेडमार्फत गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाएका थिए । एन्ड्रे रोबर्टसनको उत्कृष्ट क्रसमा सलाहाको हेड गोल उत्तिकै उत्कृष्ट थियो ।

साडियो मानेले ५१ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ३–० ले अघि बढाएका थिए । जोडन हेन्डरसनको क्रममा मानेले गोल गर्दै लिभरपुललाई बलियो अवस्थामा पुर्याएका थिए । बेर्नाल्डो सिल्भाले ७८ औ मिनेटमा सिटीका लागि एक सान्त्वना गोल फर्काएका थिए ।

लिभरपुलको डिफेन्स सिटीको अगाडी कमजोर देखिएको थियो । तर योर्गेन क्लोपको लिभरपुल कुनैपनि समय र स्थानबाट सिटीका लागि घातक बन्न सक्ने प्रमाणित गरिदियो ।

लिभरपुल १२ खेलबाट ३४ अंक सहित तालिकाको शीर्ष स्थानमा रह्यो । सिटी २५ अंक सहित चौथो स्थानमा रह्यो ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : २३ बजे

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार