एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुल विजयी भएको छ । उसले म्यान्चेष्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान लिभरपुल सिटीमाथि हावि देखिएको थियो । साविक विजेता सिटीलाई हराउँदै लिभरपुलले उपाधिमा आफ्नो दाबेदारिता प्रस्तुत गररेको छ ।
जितसँगै लिभरपुलले तालिकामा ८ अंकको अग्रता लिन सफल भएका छ । घरेलु मैदानमा सहज जित निकाल्ने क्रममा फाबिन्होले छैटौ मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए ।
लगत्तै लिभरपुलको डिबक्समा ह्याण्ड भएको भन्दै सिटीले बलियो अपिल गरेको थियो । तर रेफ्रीले त्यसको कुनै सुनुवाई गरेनन् ।
मोहमद सलाहाले १३ औ मिनेटमा हेडमार्फत गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाएका थिए । एन्ड्रे रोबर्टसनको उत्कृष्ट क्रसमा सलाहाको हेड गोल उत्तिकै उत्कृष्ट थियो ।
साडियो मानेले ५१ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ३–० ले अघि बढाएका थिए । जोडन हेन्डरसनको क्रममा मानेले गोल गर्दै लिभरपुललाई बलियो अवस्थामा पुर्याएका थिए । बेर्नाल्डो सिल्भाले ७८ औ मिनेटमा सिटीका लागि एक सान्त्वना गोल फर्काएका थिए ।
लिभरपुलको डिफेन्स सिटीको अगाडी कमजोर देखिएको थियो । तर योर्गेन क्लोपको लिभरपुल कुनैपनि समय र स्थानबाट सिटीका लागि घातक बन्न सक्ने प्रमाणित गरिदियो ।
लिभरपुल १२ खेलबाट ३४ अंक सहित तालिकाको शीर्ष स्थानमा रह्यो । सिटी २५ अंक सहित चौथो स्थानमा रह्यो ।
प्रतिक्रिया