नेकपा सचिवालय बैठक आज « Khabarhub

नेकपा सचिवालय बैठक आज


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ ।

बैठक सोमबार(आज) बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्न लागेको हो । पार्टी एकताका बाँकी कामहरू पूरा गर्न सचिवालय बैठक बस्न लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकबाट निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोग, जेष्ठ कम्युनिस्ट मञ्च, राष्ट्रिय परिषद र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन गर्ने तयारी नेकपाले गरेको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बाँकी रहेका आयोगमा हुने नियुक्तीमा आइतवार भएको छलफलमा सहमति जुटेको स्रोतको दाबी छ ।

दुई अध्यक्षबीच आइतबार दिउँसो बालुवाटारमा झन्डै डेढ घन्टा छलफल भएको थियो । छलफलमा मन्त्रिमण्डल हेरफेरको विषयमा समेत छलफल भएको र ओलीले प्रचण्डसँग मन्त्रीहरुको हेरफेरमा सहयोग मागेको श्रोतको दाबी छ ।

आज बस्ने सचिवालय बैठकमा पनि यसबारेमा छलफल हुनसक्ने सम्भावना छ । तर प्रवक्ता श्रेष्ठले भने मन्त्रिमण्डल हेरफेरको विषय बैठकको एजेण्डामा नरहेको बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ८ : ४३ बजे

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको

आन्तरिक राजस्व कार्यालय भैरहवाले सञ्चालन गर्‍यो ‘राजस्व सङ्कलन अभियान’

देवदह– आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व सङ्कलनका लागि अभियान सञ्चालन गरेको