विदेशबाट सुन ल्याउँदा लाग्ने भन्सार महशुल बढ्यो, कति ल्याउँदा कति तिर्नुपर्छ ? « Khabarhub

विदेशबाट सुन ल्याउँदा लाग्ने भन्सार महशुल बढ्यो, कति ल्याउँदा कति तिर्नुपर्छ ?


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विदेशबाट फर्किएका हवाई यात्रुले ल्याउने सुन तथा सुनको गहनामा भन्सार महसुल दर बढाएको छ ।

पछिल्लो समय सुन आयातमा तस्करी बढेपछि सरकारले आर्थिक ऐन संशोधन गर्दै महशुल बढाएको हो । मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावलाई सम्बोधन गर्दै सुनमा नयाँ भन्सार महसुल दर निर्धारण गरेको हो ।

आर्थिक ऐन संशोधनपछि सुनको भन्सार महसुलमा करिब २१ प्रतिशतले वृद्धि भएको छ । सरकारले निर्धारण गरेको नयाँ भन्सार दरअनुसार विभिन्न मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्रामसम्म सुन ल्याउने हवाई यात्रुले प्रति १० ग्राम ७ हजार पाँच सय रुपैयाँका दरलेभन्सार महसुल तिर्नुपर्ने हुन्छ ।

थप ५० ग्राम ल्याउँदा ८ हजार ५ सय रुपैयाँ पर्छ । पहिले ७ हजार २ सय रुपैयाँ थियो ।

नयाँ भन्सारदर कायम भएपछि सुनको भाउ महंगिएको छ । भन्सार दर बढेकै कारण तोलामै ११ सय रुपैयाँले बढेर ७१ हजार कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ८ : ५२ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।