डा केसीलाई प्रहरीले अन्यत्रै लैजान खोजेको भन्दै डडेल्धुरा अस्पतालमा तनाव « Khabarhub

डा केसीलाई प्रहरीले अन्यत्रै लैजान खोजेको भन्दै डडेल्धुरा अस्पतालमा तनाव


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– अनशनरत डाक्टर गोविन्द केसीलाई अनसनस्थलबाट सार्न खोजेपछि डडेल्धुरा अस्पतालमा तनाव भएको छ ।

डडेल्धुरा अस्पतालले डा केसीको अवस्था नाजुक बनेको भन्दै उपचार सम्भवन नभएको आइतवार बताएको थियो ।

अस्पतालले केसीको रक्तचाप र मुटुको धड्कन अनियमित भएकोले सुविधासम्पन्न अस्पतालमा उपचारका लागि लैजानु पर्ने बताएको थियो ।

यससँगै सोमबार प्रहरीले डा केसीलाई डडेल्धुराबाट प्रादेशीक अस्पताल धनगढी लैजान खोजेपछि तनाव उत्पन्न भएको हो ।

डा केसीका समर्थकले प्रहरीले कता लैजाने नभनिकनै अस्पतालबाट उठाउन खोजेको भन्दै प्रतिवाद गरेका थिए ।

चिकित्सा शिक्षा सुधारको  ७ बुँदे माग राख्दै डा केसी १७ औं पटक अनसन बसेको आज एकसाता पुगेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १० : ०१ बजे

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा

गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु

काठमाडौं– कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु

पोखरामा ७६ वटा शव जमिनमुनि व्यवस्थापन (तस्बिरहरू)

पोखरा– बाढी प्रभावितसहित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका ७६ वटा शव जमिनमुनि