हेलिकोप्टर चढेर गोसाइँकुण्ड पुग्दा नेकपा नेताहरुको आलोचना ! « Khabarhub

हेलिकोप्टर चढेर गोसाइँकुण्ड पुग्दा नेकपा नेताहरुको आलोचना !


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का नेताहरु हेलिकोप्टर लिएर रसुवाको गोसाइँकुण्ड पुगेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य युवराज ज्ञवाली हेलिकोप्टरमा आइतवार गोसाइकुण्ड पुगेका हुन् ।

गोसाइँकुण्ड पुगेर कुण्डको डिलमा रहेको ढुंगामा बसेको तस्वीर नेता श्रेष्ठले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको तस्वीरमा धेरैले प्रतिक्रिया जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनको तस्वीरमाथि ११४ जनाले प्रतिक्रिया जनाएका छन् । जसमा धेरै जसोले हेलिकोप्टरमा गएको भन्दै आलोचना गरेका छन् ।

देशमा सार्वभौमिकता र सीमाको विषय उठिरहेको बेलामा नेताहरु मस्तीमा लाग्नु गलत भएको केही प्रतिक्रिया रहेको छ भने केहीले सरकारी खर्चमा त होला नि मस्ती भन्दै आक्रोश व्यक्त गरेका छन् ।

त्यस्तै समाजिक सञ्जाल फेसबुक र ट्वीटरका अन्य प्रयोग कर्ताले तस्वीरहरु सेयर गर्दै नेताहरुको विलाशी जीवन भन्दै आलोचना गरिरहेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ११ : ०५ बजे

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट