रुख काट्न नपाउँदा सडक कालोपत्रको काममा ढिलाइ « Khabarhub

रुख काट्न नपाउँदा सडक कालोपत्रको काममा ढिलाइ


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – कैलालीको शहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिकासम्म जोड्ने बोगटान सडक कालोपत्रको कार्यमा ढिलाइ हुँदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष फागुन ७ गते उक्त सडक कालोपत्रको शिलान्यास गरेका थिए ।

प्रधानमन्त्रीले कालोपत्रको कार्य शिलान्यास गरेसँगै उक्त सडक डबल कटिङ र पक्की नालीको निर्माण कार्य अघि बढेको थियो ।

नालीको काम सकिए पनि सडक किनारामा भएका रुख कटान गर्ने आदेश नपाउँदा अहिले आएर कालोपत्रको काममा ढिलाइ हुन थालेको सडक कालोपत्रको ठेक्का पाएको निर्माण कम्पनी पिआरएल–कुमार जेभीका आयोजना सम्पर्क प्रबन्धक ईश्वर बस्नेतले बताए ।

उनले भने, “अन्य काम सकेर हामी कालोपत्रको कार्यको थालनीमा छौँ तर सडक किनाराका रुख कटान गर्ने आदेश अहिलेसम्म आएको छैन, कसरी तोकिएको समयमा कामसक्ने चिन्तामा छौँ ।” कैलाली चुरे गाउँपालिका वडा नं २ मा रहेका वन क्षेत्रमा रुख कटानी आदेश नपाइएका कारण काम ढिलो भएको उनको भनाइ छ ।

रुख कटानी आदेश नपाइए कालोपत्र नहुने र फेरि स्थानीयवासीले धुले सडकमै असुरक्षित यात्रा गर्नुपर्ने स्थिति आउन थालेको कैलाली चुरे गाउँपालिका वडा नं २ का स्थानीय खेमबहादुर पातलीले बताए ।

उता सडक कालोपत्रको काम तोकिएकै समयमा हुनुपर्ने स्थानीयवासीको माग रहेको छ । कालोपत्रको काम आफूहरुबाट ढिलो नभई वातावरणीय प्रभाव मूल्याङ्कनको काम नटुङ्गिँदा काम गर्न ढिलाइ भएको निर्माता कम्पनी पिआरएल–कुमार जेभीका आयोजना सम्पर्क प्रबन्धक ईश्वर बस्नेत दाबी गर्छन् ।

उनी भन्छन्, “कालोपत्र हुने ५० किलोमिटरमध्ये ४१ किलोमिटर वन क्षेत्रमा पर्छ”, “इआइएको प्रतिवेदन नआएसम्म कटानी आदेश आउँदैन, त्यसैले काम हुन सकिरहेको छैन ।”

यतिमात्र नभई कालोपत्र हुने सडक किनारामा परेका घरजग्गाको मुआब्जाका विषयमा सम्झौतामा कुनै कुरा उल्लेख नभएको तर सडकमा पर्ने घर हटाउनुपर्ने अवस्था रहेको सम्पर्क प्रबन्धक बस्नेतले बताए ।

उनले भने, “सडकमा भएका ६० घरमा कसैको सिँढी, कसैको पाली, कसैको आँगन भत्काउनुपर्ने अवस्था छ”, “यस विषयमा अहिलेसम्म केही भएको छैन, मुआब्जा कसले दिने हो भन्ने पनि जानकारी छैन ।”

उक्त सडकमा अहिले ३०० मजदूरले दैनिकरुपमा काम गरिरहेको र फेरि ४०० सय मजदूर थप्ने तयारी भइरहेको निर्माता कम्पनीले जनाएको छ । उक्त सडकको इआइएको काम छिट्टै टुङ्गिने सडक सुधार तथा विकास आयोजनाअन्तर्गतको सहजपुर–बोगटान सडक आयोजना प्रमुख कल्पना अधिकारीले बताए ।

सम्झौताअनुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दायाँबायाँ एक–एक मिटर सोल्जर (ग्राभेल) सडक निर्माण गरिसक्नुपर्ने प्रावधान रहेको छ । एक्जिम बैंक अफ इण्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजनाको सम्झौता रकम रु एक करोड ९६ लाख ९३ हजार ३१२ अमेरिकी डलर रहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ११ : ४१ बजे

इरानको नटान्ज आणविक केन्द्रमा हमला

काठमाडौं- इरानको मुख्य आणविक केन्द्र नटान्जमा पुनः आक्रमण भएको छ

ट्राफिक कारबाहीबाट १३ लाख राजस्व संकलन

कर्णाली– कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा १३ लाख

नेपालगञ्जमा इद उल फित्र मनाइयो

नेपालगञ्ज– मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व

नयाँ सरकार राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर हुनुपर्ने

काठमाडौं– आम जनता पार्टी(आजपा) ले नयाँ सरकार राष्ट्रिय सुरक्षा र

जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न दलित अगुवाहरूको माग

काठमाडौं– दलित अधिकारकर्मी तथा अगुवाहरूले दलित समुदायमाथि हुने जातीय भेदभाव