भूमि समस्या आयोगको ढाँचामा निवेदन फारम बुझाउन मातहतका निकायलाई कांग्रेसको आग्रह « Khabarhub

भूमि समस्या आयोगको ढाँचामा निवेदन फारम बुझाउन मातहतका निकायलाई कांग्रेसको आग्रह


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले जिल्ला कार्यसमितिहरूलाई भूमि समस्या समाधान आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फारम पेश गर्नका लागि पार्टी मातहतका निकायहरूलाई यथाशीघ्र सूचित गर्न निर्देशन दिएको छ । 

कांग्रेसले सोमबार ७७ वटै जिल्लालाई परिपत्र गरेर आयोगको कामलाई प्राथमिकतामा राखेर थप प्रभावकारी बनाउनका लागि आवश्यक समन्वय गर्नसमेत भनेको छ । 

आयोगले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीले जग्गा प्राप्त गर्नका लागि आयोगले तोकेको ढाँचाबमोजिम ३५ दिनभित्र निवेदन फारम भर्न आग्रह गरेको छ । 

आयोगका अनुसार साउन ३० गतेबाट सुरू भएको निवेदन फारम भर्ने समयावधि असोज ३ सम्म रहेको छ । कांग्रेस–एमालेको संयुक्त सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरेर कार्यसम्पादनको गति बढाउँदै लगेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  २ : ३५ बजे

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,