मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउने सरकारको चेतावनी « Khabarhub

मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउने सरकारको चेतावनी


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले तोकेको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजहरुलाई शुल्क फिर्ता वा समायोजन गर्न शिक्षा मन्त्रालयले १५ दिनको अन्तिम अल्टिमेटम दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने मेडिकल कलेजलाई १५ दिनभित्र शुल्क फिर्ता वा समायोजन गर्न अल्टिमेटम दिएका हुन् ।

मन्त्री पोखरेलले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अबको १५ दिनभित्र मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता वा समायोजन नगरे गठी मुद्दा चलाउने निर्णय भइसकेको जानकारी दिए ।

मन्त्री पोखरेलले शिक्षा मन्त्रालयले त्रिभुवन विश्व विद्यालयक, काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग मन्त्रीस्तरीय बैठक गरेर १५ दिनसम्म शुल्क फिर्ता वा समायोजन नगरे ठगी मुद्दा चलाउने निर्णय भएको बताए ।

‘म मेडिकल कलेज चलाउने सबै साथीहरुलाई के भन्न चाहन्छु भने हिजो संक्रमणमा जेजे भए, अब चिकित्सा शिक्षा ऐन आइसकेपछि ऐन कार्यन्वय र क्याविनेटले गरेका निर्णयको सन्दर्भमा हामी आफ्नो भुमिका खेलिरहेका छौं सबैलाई आफ्नो भूमिका लेख्न पनि आग्रह गरेका छौं,’ मन्त्री पोखरेलले भने, ‘यो आग्रह गरेपछि पनि उहाँहरुले मिलाउनु भएन भने निश्चित रुपमा विद्यार्थी र अभिभावकले दिएका निवेदनहरुमाथि कार्यन्वयनको प्रक्रियामा जान्छ ।’

मन्त्री पोखरेलले विद्यार्थी र अभिभावकलाई पनि मेडिकल कलेजको गठी धन्दामा नफस्न आग्रह गरे । मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विभिन्न मेडिकल कलेजहरुमा लामो समय देखि आन्दोलन समेत गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १० : १८ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि