डा केसीलाई नलिइ काठमाडौं फर्किदै सेनाको हेलिकोप्टर | Khabarhub Khabarhub

डा केसीलाई नलिइ काठमाडौं फर्किदै सेनाको हेलिकोप्टर


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डडेल्धुरामा अनसनरत डाक्टर गोविन्द्र केसीलाई लिन गएको नेपाली सेनाको हेलिकोप्टर काठमाडौं फर्किन लागेको छ ।

जिल्ला प्रशासन कार्यलयमा भएको सर्वपक्षिय बैठकमा डा केसीका सामर्थकले डा केसीले डडेल्धुरा छाड्न नचाहेको बताएपछि जिल्ला प्रशासन कार्यलयले नेपाली सेनाको हेलिकोप्टर काठमाडौं फिर्ता पठाउन लागेको हो ।

अस्पताल र नागरिक समाजले नै डा केसीको स्वास्थ्य अवस्था विग्रिएकाले सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने भन्दै विज्ञप्ती निकालेपछि जिल्ला प्रशासन कार्यलयले सोमबार सेनाको हेलिकोप्टर पठाइदिन भन्दै गृह मन्त्रालयमा अनुरोध गरेको थियो । तर हेलिपोप्टर पुगेपछि उनका समर्थकले डा केसीले डडेल्धुरा छाड्न नचाहेकाले जवर्जस्ती लैजान नमिल्ने भन्दै जिल्ला सदरमुकाममा प्रदर्शन गरेका छन् ।

डा केसीको समर्थकको विरोध पछि प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले डा केसीका समर्थक तथा नागरिक समाजसँग सर्वपक्षीय बैठक समेत राखेका थिए । तर बैठकमा डा केसीका समर्थकले डा केसीलाई जवर्जस्ती लान नमिल्ने भन्दै विरोध जनाएपछि प्रमुख जिल्ला अधिकारीले सेनाको हेलिकोप्टर काठमाडौं फिर्ता पठाउने प्रक्रिया थालेका हुन् ।

डा केसीको जीवनरक्षाका लागि आफुले सुविधासम्मन्न अस्पतालमा लैजान प्रयास गरे पनि उनका समर्थकले असहमति जनाएपछि सेनाको हेलिकोप्टर फिर्ता पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी पौडेलले खबरहबलाई बताए ।

‘डा केसीको अवस्था अत्यन्त नाजुक भएको र अस्पतालले पनि सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्छ भनेर विज्ञप्ती निकाल्यो, यहाँ पनि सुविधासम्पन्न अस्पतालमा लैजान अनुरोध भएकाले हामीले पहल गरेर हेलिकोप्टर मगाएका थियौं, उहाँलाई लैजान हेलिकोप्टर स्ट्यानबाइ थियो,’ प्रजिअ पौडेलले भने, ‘तर डा केसीले अनिच्छा व्यक्त गर्नुभयो, यहाँका स्थानीयले पनि इच्छा विपरित लैजान हुन्न भनेपछि हेलिकोप्टर फर्काउन लागेका छौं । गृह मन्त्रालयमा यो विषयमा जानकारी दिइसकेको छु, अब उताबाट निर्देशन आएपछि सेनाको हेलिकोप्टर फर्किन्छ।’

प्रजिअ पौडेलले अस्पतालले नै सुविधा सम्पन्न ठाउँमा जीवनरक्षाका लागि लान आग्रह गरेकाले नै आफुले हेलिकोप्टर मगाएको बताए ।  उनले भने, ‘हामीले काठमाडौं पठाउन प्रयास गरेका थियौं, सर्वपक्षिय बैठक पनि राख्यौ तर उहाँहरुले जवर्जस्ती गर्न मिल्दैन भनेपछि हामीले पनि केही भन्ने कुरा आएन ।’

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञान देव पाण्डेले पनि डाक्टर केसी आउन नमानेपछि डडेल्धुरा पठाइएको हेलिकोप्टर फिर्ता आउन लागेको बताए ।

‘डा. केसी आफैंले काठमाडौं आउन मान्नुभएन । उहाँका समर्थकहरुले पनि बाटो अवरोध गरेका कारण उहाँलाई नल्याइ हेलिकोप्टर फिर्ता आउन लागेको हो,’ सैनिक प्रवक्ता पाण्डेले खबरहबसँग भने ।

एकसाता अघिदेखि डडेल्धुरामा अनसनरत डा केसीको स्वास्थ्य अवस्था विग्रिएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

डा केसीको स्वास्थ्य उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको वीर अस्पताल र टिचिङ अस्पताललाई तयारी अवस्थामा रहन समेत निर्देशन दिएको थियो । तर डा केसीले आफ्नो माग पुरा गरे अनसन तोड्ने बताउँदै डडेल्धुरा नछाड्ने अडान राखेका छन् ।

कात्तिक १८ गतेदेखि डडेल्धुरा अस्पताल नजिकै एक निजी घरमा अनसन बसेका डा केसीको स्वास्थ्यमा समस्या देखिन थालेपछि उनलाई सहयोगीहरुले डडेल्धुरा अस्पताल लगेका थिए ।

डडेल्धुरा अस्पतालमै रहेर अनसन बसिरहेका डा केसीको स्वास्थ्य अवस्था विग्रिएको र डडेल्धुरामा डा केसीको उपचार सम्भव नभएको भन्दै अस्पतालले हिजो (आइतबार) मात्रै विज्ञप्तीमार्फत जनाएको थियो ।

डडेल्धुरा अस्पतालले डा केसीको मुटुको चाल बढेको, रगतमा अक्सिजनको मात्रा कम भएको, मिर्गौलामा समस्या देखिएको र शारीरिक अवस्था समेत कमजोर हुँदै गएको भन्दै अस्पतालमा डा केसीको उपचार सम्भव नभएको बताएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  २ : ३२ बजे

कमलपोखरीस्थित मःम पसलमा सिलिण्डर विस्फोट, ११ जना घाइते, दुईको अवस्था गम्भीर

काठमाडौं– काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा

धनगढीको नोभा अस्पतालमा बिरामी कुर्न बसेका युवक मृत फेला 

धनगढी- कैलालीको धनगढीस्थित नोभा अस्पतालको शौचालयमा एक युवक मृत अवस्थामा

मानवसेवा आश्रम भवन निर्माणका लागि श्रीमद्भागवत महायज्ञको आयोजना 

कैलाली– कैलालीको धनगढी स्थित मानवसेवा आश्रमले आफ्नै भवन निर्माण गर्नका

भक्तपुर पुगेर बेलायतका अधिराजकुमारले काठमा बुट्टा खोप्न थालेपछि…

भक्तपुर– भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल

८२ मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माण अन्तिम चरणमा

सोलुखुम्बु- सोलुखुम्बुको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला