भारत ‘सी’ सँग नेपाली –१९ टोली पराजित « Khabarhub

भारत ‘सी’ सँग नेपाली –१९ टोली पराजित


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपाली युवा टोली भारत पहेलोसँग फराकिलो अन्तरले पराजित भएको छ ।

हैदरवादमा सोमबार भएको पहिलो खेलमा नेपाल भारतको ‘भारत सी’ टिमसँग १० विकेटले पराजित भएको हो ।

जिमखाना मैदानमा नेपालले दिएको १ सय १५ रनको झिनो लक्ष्य भारत सीले २२ ओभर १ बलमा बिना विकेटको क्षतिमा पुरा गर्‍यो ।

भारतका लागि अर्जुन अजादले ६७ रनको अर्धशतकीय इनिङस खेले । यस्तै दिभ्यनास अजय कुमार सक्सेनाले अविजित ५२ रनको योगदान गरे ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ३२ ओभर १ बलमा अलआउट हुँदै १ सय १४ रन बनाएको थियो ।

नेपालका कुशल मल्लले सर्वाधिक २६ रन बनाए । यस्तै शेर मल्लले १४, अरुण ऐरीले १३ र प्रतिष जिसीले ११ रन जोडे ।

नेपाललाई सस्तैमा समेट्न भारतका विद्याधर पाटिल, राक्षन, सुभाङ हेज, मुज्ताबा युसुफ र रबी रोशनले समान २–२ विकेट लिए ।

भारतले आयोजना गरेको सिरिजमा नेपालसहित भारतको तीन टिमले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा भारतको भारत ‘एु’ भारत ‘बी’ र भारत ‘सी’ टिम रहेका छन् ।

बुधबार नेपालले दोस्रो खेलमा भारत ‘ए’ सँग खेल्नेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  २ : ४७ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी