सरकारलाई संसदीय समितिको निर्देशन– भारतले मिचेको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्नू | Khabarhub Khabarhub

सरकारलाई संसदीय समितिको निर्देशन– भारतले मिचेको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्नू


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदको राज्य व्यवस्था तथा सुशासन समितिले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबारको बैठकपछि समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

भारतले हालै जारी गरेको नयाँ ‘राजनीतिक नक्सा’मा नेपाली भू–भागलाई समेटिएको विषयमा छलफल गर्न सोमबार राज्य व्यवस्था समितिको बैठक बोलाइएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्रीलाई समेत बोलाइएकोमा प्रधानमन्त्री ओली भने उपस्थित भएनन् ।

प्रधानमन्त्री ओली स्वास्थ्यका कारण उपस्थित हुन नसक्ने भन्दै प्रधानमन्त्रीको ‘प्रतिनिधि’का रुपमा भूमि व्यवस्था मन्त्री पद्मा अर्याल बैठकमा सहभागी भएकी थिइन् ।

प्रधानमन्त्रीको प्रतिनिधिका रुपमा सहभागी भएकी मन्त्री अर्यालले नेपालले हाल प्रयोगमा ल्याइरहेको नक्सा त्रुटिपूर्ण रहेको स्वीकारेकी थिइन् ।

उनले लिम्पियाधुराबाट बग्ने काली नदी (कुटीयान्दी) नै नेपाल–भारत सीमा रहेका बताएकी थिइन् ।

बैठकमा पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समेत सहभागी थिए ।

बैठकमा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले महाकाली नदीको उद्गम ठाउँ लिम्पिया धुरा भएको र लिम्पियाधुराको पूर्वी क्षेत्र नेपालको र पश्चिमी क्षेत्र भारतको भएको बताएका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ३ : ५० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास