‘लिलिबिली’ लफडा– वितरक गोविन्द शाही साढे १२ लाख धरौटीमा रिहा « Khabarhub

‘लिलिबिली’ लफडा– वितरक गोविन्द शाही साढे १२ लाख धरौटीमा रिहा


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  चलचित्र निर्माता तथा वितरक गोविन्द शाही धरौटीमा रिहा भएका छन् । चलचित्र ‘लिलिबिली’ को आम्दानी हिनामिना गरेको आरोपमा पक्राउ परेका शाही जिल्ला अदालत काठमाडौंमा साढे बाह्र लाख धरौटी बुझाएर छुटेका हुन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीले शाही धरौटीमा रिहा भएको जनाएको छ ।

शाहीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा भक्तपुरको राधे राधेबाट बिहीबार पक्राउ गरेको थियो । शाही भर्खरै खुलेको हलमा फिल्म हेर्न आउने सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो । भक्तपुर परिसरले फिल्म हल परिसरबाटै पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंको अनुरोधमा कालीमाटी वृत्तको जिम्मा लगाएको थियो ।

पटकपटक अदालतमा उपस्थित हुन आदेश दिए पनि शाही उपस्थित भएका थिएनन् । २ महिनाअघि पनि प्रहरीले शाहीलाई पक्राउ गरी १४ दिन थुनामा राखेको थियो ।

हिरासतमा बसेका शाही सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण आदेशमा रिहा भएका थिए ।

उनीमाथि चलचित्र ‘लिलिबिली’ को झण्डै ९० लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । निर्माताद्वय मिलन चाम्स र सुदीप खड्काले शाहीमाथि गतवर्ष ठगीको उजुरी दर्ता गराएका थिए ।

अदालत जानुपूर्व चाम्स र खड्काले शाहीविरुद्ध चलचित्र निर्माताहरुको संघ चलचित्र निर्माता संघमा उजुरी दिएका थिए । संघका तत्कालीन उपाध्यक्ष समेत रहेका शाहीले निर्माता संघले छलफलका लागि बोलाउँदा अटेर गरेपछि उनलाई संघले पदबाट हटाएको थियो ।

निर्माता संघको सल्लाहमा निर्माताद्वय सुदीप र चाम्सले प्रहरीमा उजुरी दिएका थिए । शाहीले अदालतको आदेश पनि ‘अटेर’ गर्दै आएका छन् ।

शाहीले फिल्म ‘लिलिबिली’ बाट उल्टो आफूले रकम लिनुपर्ने दाबी गर्दै आएका छन् । यता सुदीप खड्काले भने शाहीले ९० लाख बराबर हिनामिना गरेर सम्पर्कमै आउन नखोजेको आरोप लगाएका छन् । प्रहरीले गोविन्द शाहीले श्रीमतीमाथि काफिया फिल्मस्को शेयर होल्डर पक्राउ पूर्जी जारी गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : ०९ बजे

रामप्रसादराई गाउँपालिका साकेला सिली संरक्षणमा जुट्दै

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका परम्परागत साकेला सिलीको संरक्षणमा जुटेको छ

आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौं– केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने

प्रतिनिधिसभा निर्वाचन २६ दिन बाँकी : २४ उम्मेदवारले बुझाए स्पष्टीकरण

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २४ गते शनिबार फागुन