‘लिलिबिली’ लफडा– वितरक गोविन्द शाही साढे १२ लाख धरौटीमा रिहा « Khabarhub

‘लिलिबिली’ लफडा– वितरक गोविन्द शाही साढे १२ लाख धरौटीमा रिहा


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  चलचित्र निर्माता तथा वितरक गोविन्द शाही धरौटीमा रिहा भएका छन् । चलचित्र ‘लिलिबिली’ को आम्दानी हिनामिना गरेको आरोपमा पक्राउ परेका शाही जिल्ला अदालत काठमाडौंमा साढे बाह्र लाख धरौटी बुझाएर छुटेका हुन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीले शाही धरौटीमा रिहा भएको जनाएको छ ।

शाहीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा भक्तपुरको राधे राधेबाट बिहीबार पक्राउ गरेको थियो । शाही भर्खरै खुलेको हलमा फिल्म हेर्न आउने सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो । भक्तपुर परिसरले फिल्म हल परिसरबाटै पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंको अनुरोधमा कालीमाटी वृत्तको जिम्मा लगाएको थियो ।

पटकपटक अदालतमा उपस्थित हुन आदेश दिए पनि शाही उपस्थित भएका थिएनन् । २ महिनाअघि पनि प्रहरीले शाहीलाई पक्राउ गरी १४ दिन थुनामा राखेको थियो ।

हिरासतमा बसेका शाही सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण आदेशमा रिहा भएका थिए ।

उनीमाथि चलचित्र ‘लिलिबिली’ को झण्डै ९० लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । निर्माताद्वय मिलन चाम्स र सुदीप खड्काले शाहीमाथि गतवर्ष ठगीको उजुरी दर्ता गराएका थिए ।

अदालत जानुपूर्व चाम्स र खड्काले शाहीविरुद्ध चलचित्र निर्माताहरुको संघ चलचित्र निर्माता संघमा उजुरी दिएका थिए । संघका तत्कालीन उपाध्यक्ष समेत रहेका शाहीले निर्माता संघले छलफलका लागि बोलाउँदा अटेर गरेपछि उनलाई संघले पदबाट हटाएको थियो ।

निर्माता संघको सल्लाहमा निर्माताद्वय सुदीप र चाम्सले प्रहरीमा उजुरी दिएका थिए । शाहीले अदालतको आदेश पनि ‘अटेर’ गर्दै आएका छन् ।

शाहीले फिल्म ‘लिलिबिली’ बाट उल्टो आफूले रकम लिनुपर्ने दाबी गर्दै आएका छन् । यता सुदीप खड्काले भने शाहीले ९० लाख बराबर हिनामिना गरेर सम्पर्कमै आउन नखोजेको आरोप लगाएका छन् । प्रहरीले गोविन्द शाहीले श्रीमतीमाथि काफिया फिल्मस्को शेयर होल्डर पक्राउ पूर्जी जारी गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : ०९ बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज