नेपाली स्याटलाइटको नाम सगरमाथा राखिने « Khabarhub

नेपाली स्याटलाइटको नाम सगरमाथा राखिने


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निकट भविष्यमा नेपालले अन्तरिक्षमा पठाउने तयारी गरेको स्याटलाइटको नाम ‘सगरमाथा स्याट’ राखिने भएको छ ।

नेपालले प्रस्ताव गरेको नाम स्वीकार्दै अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियन (आइटीयू) ले आफ्ना सदस्य राष्ट्रलाई त्यसको जानकारी गराएको हो ।

आइटीयूले अघिल्लो साता आफ्ना सदस्य राष्ट्रहरुलाई नेपाली स्याटलाइटको नाम सगरमाथा स्याट हुने भन्दै जानकारी गराएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले केही साता अघि आइटीयूलाई पत्र लेख्दै नेपालले राख्ने स्याटेलाइटको नाम सगरमाथा स्याट राख्ने प्रस्तावसहितको विवरण पठाएको थियो । उक्त पत्रमा नेपाली स्याटेलाइटको नाम, राख्ने स्थान (स्लट), स्याटेलाइटको क्षमता जस्ता विवरण समेटिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

प्राधिकरणको निवेदनको आधारमा आइटीयूले २५ वर्षअघि उपलब्ध गराएको अर्विटल स्लटमा नेपालले सगरमाथा स्याट राख्न लागेको जानकारी प्रकाशित गरेको हो । आइटीयूले जानकारी प्रकाशित गरेसँगै अब नेपालले स्याटलाइट राख्न पाउने खनालले बताए ।

‘यस अघि सन् १९८४ मै आइटीयूले नेपालका लागि पूर्वी देशान्तरमा दुईवटा पोजिसनका स्लट उपलब्ध गराएको थियो,’ खनालले भने, ‘आइटीयूले नेपालका लागि १२३.३ डिग्री देशान्तरमा स्याटेलाइट सेयरिङ ब्यान्डअन्तर्गत ५ सय मेगाहर्जमा विभिन्न ब्यान्ड उपलब्ध गराएको थियो । अर्को ५० डिग्री देशान्तरमा १२ वटा च्यानलका ब्यान्डमा उपलब्ध गराएको थियो ।’

‘अब हामीले उक्त स्थानमा स्याटलाइट राख्न पाउने भएका छौं । साथै अन्य देशलाई पनि यो आधिकारिक जानकारी हुनेछ,’ उनले भने । आइटीयूले जानकारी प्रकाशित गरेसँगै उक्त स्लटमा नेपालले स्याटलाइट राख्दा अन्य देशलाई असर पर्छ भने आइटीयूमा जानकारी गराउन पाइन्छ ।

नेपालले स्याटलाइट राख्न फ्रान्स सरकारको लगानी भएको कम्पनीसँग समझदारी गरेको छ । यसलाई सम्झौताको रुप दिन भने बाँकी छ ।

स्याटलाइट राख्नको लागि आवश्यक खर्च फ्रान्स सरकारले जुटाइदिने बिषयमा छलफल भएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । ‘लागतको ८० प्रतिशत फ्रान्सेली कम्पनीले लगानी गर्नेछ र त्योमध्ये २० प्रतिशत फ्रान्स सरकारले आफ्नै कोषबाट लगानी गरिदिनेछ,’ उनले भने,‘नेपालले कूल लागतको २० प्रतिशत रकम लगानी गर्नुपर्छ ।’

स्याटलाइट राखेको ८ वर्षमा उक्त रकम तिर्नुपर्ने मन्त्री बाँस्कोटाले जानकारी दिए । फ्रान्सेली कम्पनीले २ सय ३० मिलियन डलर (२३ करोड डलर) मा ग्राउण्ड स्टेशनको सिभिल संरचनासहितको सबै काम गरिदिन प्रस्ताव गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

उनका अनुसार जापानी कम्पनीले स्याटलाइट राख्नको लागि २७ करोड २० लाख डलरको प्रस्ताव गरेको थियो । फ्रान्सेली कम्पनीले स्याटलाइटको प्रविधि हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको मन्त्री बाँस्कोटाले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : २० बजे

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो

बाल संरक्षणसम्बन्धी नीति तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’

सय दिनमा भूमि प्रशासन, सहकारी नियमन र प्रशासनिक सुधारमा उल्लेख्य प्रगति

काठमाडौं- सरकारले आफ्नो १०० दिनको कार्यकालमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको