नेपाली स्याटलाइटको नाम सगरमाथा राखिने | Khabarhub Khabarhub

नेपाली स्याटलाइटको नाम सगरमाथा राखिने


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निकट भविष्यमा नेपालले अन्तरिक्षमा पठाउने तयारी गरेको स्याटलाइटको नाम ‘सगरमाथा स्याट’ राखिने भएको छ ।

नेपालले प्रस्ताव गरेको नाम स्वीकार्दै अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियन (आइटीयू) ले आफ्ना सदस्य राष्ट्रलाई त्यसको जानकारी गराएको हो ।

आइटीयूले अघिल्लो साता आफ्ना सदस्य राष्ट्रहरुलाई नेपाली स्याटलाइटको नाम सगरमाथा स्याट हुने भन्दै जानकारी गराएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले केही साता अघि आइटीयूलाई पत्र लेख्दै नेपालले राख्ने स्याटेलाइटको नाम सगरमाथा स्याट राख्ने प्रस्तावसहितको विवरण पठाएको थियो । उक्त पत्रमा नेपाली स्याटेलाइटको नाम, राख्ने स्थान (स्लट), स्याटेलाइटको क्षमता जस्ता विवरण समेटिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

प्राधिकरणको निवेदनको आधारमा आइटीयूले २५ वर्षअघि उपलब्ध गराएको अर्विटल स्लटमा नेपालले सगरमाथा स्याट राख्न लागेको जानकारी प्रकाशित गरेको हो । आइटीयूले जानकारी प्रकाशित गरेसँगै अब नेपालले स्याटलाइट राख्न पाउने खनालले बताए ।

‘यस अघि सन् १९८४ मै आइटीयूले नेपालका लागि पूर्वी देशान्तरमा दुईवटा पोजिसनका स्लट उपलब्ध गराएको थियो,’ खनालले भने, ‘आइटीयूले नेपालका लागि १२३.३ डिग्री देशान्तरमा स्याटेलाइट सेयरिङ ब्यान्डअन्तर्गत ५ सय मेगाहर्जमा विभिन्न ब्यान्ड उपलब्ध गराएको थियो । अर्को ५० डिग्री देशान्तरमा १२ वटा च्यानलका ब्यान्डमा उपलब्ध गराएको थियो ।’

‘अब हामीले उक्त स्थानमा स्याटलाइट राख्न पाउने भएका छौं । साथै अन्य देशलाई पनि यो आधिकारिक जानकारी हुनेछ,’ उनले भने । आइटीयूले जानकारी प्रकाशित गरेसँगै उक्त स्लटमा नेपालले स्याटलाइट राख्दा अन्य देशलाई असर पर्छ भने आइटीयूमा जानकारी गराउन पाइन्छ ।

नेपालले स्याटलाइट राख्न फ्रान्स सरकारको लगानी भएको कम्पनीसँग समझदारी गरेको छ । यसलाई सम्झौताको रुप दिन भने बाँकी छ ।

स्याटलाइट राख्नको लागि आवश्यक खर्च फ्रान्स सरकारले जुटाइदिने बिषयमा छलफल भएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । ‘लागतको ८० प्रतिशत फ्रान्सेली कम्पनीले लगानी गर्नेछ र त्योमध्ये २० प्रतिशत फ्रान्स सरकारले आफ्नै कोषबाट लगानी गरिदिनेछ,’ उनले भने,‘नेपालले कूल लागतको २० प्रतिशत रकम लगानी गर्नुपर्छ ।’

स्याटलाइट राखेको ८ वर्षमा उक्त रकम तिर्नुपर्ने मन्त्री बाँस्कोटाले जानकारी दिए । फ्रान्सेली कम्पनीले २ सय ३० मिलियन डलर (२३ करोड डलर) मा ग्राउण्ड स्टेशनको सिभिल संरचनासहितको सबै काम गरिदिन प्रस्ताव गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

उनका अनुसार जापानी कम्पनीले स्याटलाइट राख्नको लागि २७ करोड २० लाख डलरको प्रस्ताव गरेको थियो । फ्रान्सेली कम्पनीले स्याटलाइटको प्रविधि हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको मन्त्री बाँस्कोटाले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : २० बजे

विश्वकपपछि रोनाल्डोले फुटबल छाड्ने

एजेन्सी– पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप

एनपीएलका लागि तयार हुँदैछ त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ

मधेशका मुख्यमन्त्री यादवले दीर्घकालीन महत्त्वका निर्णय गर्न नपाउने

काठमाडौं- महोत्तरीको बर्दिबासस्थित पानस होटलबाट मधेश प्रदेशको मुख्यमन्त्री बनेका नेकपा

कांग्रेस बैठक : पार्टीको महाधिवेशनबारे फरक- फरक धारणा

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको १५ औँ महाधिवेशन

सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने 

काठमाडौं– सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत विभिन्न निकायमा अधिकृतस्तरका २५६