सफलता चाहान्छौ भने आफैं प्रयास गर, अर्काको भर नपर « Khabarhub

सफलता चाहान्छौ भने आफैं प्रयास गर, अर्काको भर नपर


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

भगवान गौतम बुद्ध इसा पूर्व ५६३ को छैठौं शताब्दीमा जन्मिएका थिए भने ८० वर्षको उमेर अर्थात इसा पूर्व ४८३ मा उनको निधन भयो ।

उनी एक अन्तरज्ञानी र गुरु थिए । उनले नै बुद्ध धर्मको जग बसालेका हुन् । आज हामीले तिनै महान बुद्धका केही भनाईहरु उल्लेख गरेका छौं । जुन भनाईं तपाईंको लागि जीवन उपयोगी बन्न सक्छन् ।

– सूर्य, चन्द्रमा र सत्य यी तीन चिज धेरै लामो समयसम्म लुक्न सक्दैन ।

– तिमी आफ्नो सफलता चाहान्छौ भने आफैं प्रयास गर, अर्काको भर पर्‍यौ भने सफलता मुस्किल छ ।

– एउटा शाश्वत सत्य के हो भने घृणा प्रेमले अन्त्य हुन्छ, घृणाले होइन ।

– बिना स्वास्थ्य जीवन, जीवन होइन पीडाको भण्डार हो ।

– मन सबैथोक हो, जसरी तिमी सोच्छौं, त्यस्तै बन्छौ ।

– सत्यको बाटोमा हिँडिरहेका व्यक्तिले पनि दुईवटा गल्ती गर्न सक्छन्, एउटा पूरा बाटो तय नगर्ने र अर्को, यसको सुरुवात पनि नगर्ने ।

– इच्छा यस्तो चिज हो, जुन कहिल्यै अन्त्य हुँदैन ।

– शंका गर्ने बानी सबैभन्दा खतरनाक हुन्छ, जसले सुमधुर सम्बन्धलाई सखाप पार्छ ।

– गुनासोयुक्त विचारबाट मुक्ति खोज्नुस्, जीवनमा शान्ति मिल्छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : ३४ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ