उपनिर्वाचनमा कांग्रेसका सबै भ्रातृ तथा शुभेच्छुक सङ्गठन परिचालन « Khabarhub

उपनिर्वाचनमा कांग्रेसका सबै भ्रातृ तथा शुभेच्छुक सङ्गठन परिचालन


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाली कांग्रेस कास्कीले क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि आगामी मङ्सिर १४ गते हुने निर्वाचनलाई लक्ष्य गरी सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक सङ्गठन परिचालन गरेको छ ।

पार्टीले जिल्लामा क्रियाशील नेपाल विद्यार्थी सङ्घ, महिला सङ्घ, तरुण दल, शिक्षक सङ्घ, नेपाल ट्रेडयुनियन कांग्रेस, दलित सङ्घ, किसान सङ्घ, जनजाति सङ्घ, भूपू कर्मचारी सङ्घलगायतका सबैलाई चुनावमा खटाएको चुनाव प्रचारप्रसार मूलसमितिका संयोजक एवं कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।

पार्टीको जिम्मेवारीसँगै भ्रातृ तथा शुभेच्छुक सङ्गठनले आ –आफ्ना सङ्गठनका नेता तथा कार्यकर्तालाई परिचालन गरिसकेको नेपाल महिला सङ्घका सभापति कोपिला रानाभाटले बताइन् ।

भ्रातृ तथा शुभेच्छुक सङ्गठनका प्रमुखले आ–आफ्ना नेता कार्यकर्तालाई सबै मतदाता समक्ष एक पटक अनिवार्य भेट्न निर्देशन दिएको उनले जानकारी दिइन् ।

कांग्रेस जस्तै नेपाल कम्युनिष्ट पार्टी(नेकपा), समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलले पार्टीअन्तर्गतका भ्रातृ तथा शुभेच्छुक सङ्गठनलाई परिचालन गरी चुनावी अभियान तीव्र बनाएका छन् ।

दलहरूले निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पोखरा महानगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रमलाई सोमबार पनि जारी राखेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ९ : १६ बजे

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी – चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली