हराएका चार बालक एक हप्तापछि फेला | Khabarhub Khabarhub

हराएका चार बालक एक हप्तापछि फेला


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुर थपुवाबाट हराएका चार बालकलाई एक हप्तापछि प्रहरीले फेला पारेको छ ।

यही कात्तिक १७ गते राति ८ बजे घरबाट निस्किएका १५ वर्षीय दिनेश बुढा क्षेत्री, १५ वर्षकै दिनेश बुढा, १३ वर्षीय रमेश अधिकारी र १२ वर्षीय महेश बुढालाई बर्दियाको जमुनी प्रहरीले फेला पारी इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको थियो ।

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीका अनुसार बालक हराएको सूचना पाएपछि विभिन्न प्रहरी कार्यालयमा समन्वय गरी खोजी कार्य तीव्र पारिएको थियो ।

चारै जना बालकलाई घरपरिवारको जिम्मा लगाइएको शाहीले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ९ : ४६ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड