हराएका चार बालक एक हप्तापछि फेला « Khabarhub

हराएका चार बालक एक हप्तापछि फेला


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुर थपुवाबाट हराएका चार बालकलाई एक हप्तापछि प्रहरीले फेला पारेको छ ।

यही कात्तिक १७ गते राति ८ बजे घरबाट निस्किएका १५ वर्षीय दिनेश बुढा क्षेत्री, १५ वर्षकै दिनेश बुढा, १३ वर्षीय रमेश अधिकारी र १२ वर्षीय महेश बुढालाई बर्दियाको जमुनी प्रहरीले फेला पारी इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको थियो ।

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीका अनुसार बालक हराएको सूचना पाएपछि विभिन्न प्रहरी कार्यालयमा समन्वय गरी खोजी कार्य तीव्र पारिएको थियो ।

चारै जना बालकलाई घरपरिवारको जिम्मा लगाइएको शाहीले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ९ : ४६ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार