वैदेशिक रोजगारीमा कोरिया रहेका खोमले ल्याए गुन्द्रुक साँधेको | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा कोरिया रहेका खोमले ल्याए गुन्द्रुक साँधेको


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-वैदेशिक रोजगारीमा कोरियामा रहेका खोम गुरुङले नयाँ गीत गुन्द्रुक साँधेको ल्याएका छन् ।

वैदेशिक रोजगारीमा रहेर पनि सांगीतिक क्षेत्रमा क्रियाशिल गुरुङले लेखेको गीतमा मेलिना राई र निशान भट्टराईको आवाज छ । यो गीतमा डीआर अटुले संगीत भरेका छन् भने शिशिर श्रेष्ठले निर्देशन गरेका छन् ।

हास्य कलाकार उमेश राई र सन्ध्या बुढा, रियासा दाहाल, बिनोद परियार र रोवट सिंहको अभिनय रहेको म्युजिक भिडियोले गाउँले हास्य ठट्यौली शैलीलाई उजागर गरेको छ ।

साहित्यिक र सांगीतिक क्षेत्रमा रहेका गुरुङले आफूले कोरियामा रोजगारी गरिरहेपनि कामबाट फुर्सद पाएको समयमा साहित्यिक र सांगीतिक सिर्जना गर्ने गरेको बताएका छन् ।

कामले आफूहरुलाई व्यस्त बनाएपनि खाली भएको समयमा केहि सिर्जनशिल काम गर्दै आएको भन्दै गुरुङले प्रवासी मनमा उब्जेका भावनालाई गीतमा उतारेको बताएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ९ : १३ बजे

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई