वैदेशिक रोजगारीमा कोरिया रहेका खोमले ल्याए गुन्द्रुक साँधेको « Khabarhub

वैदेशिक रोजगारीमा कोरिया रहेका खोमले ल्याए गुन्द्रुक साँधेको


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-वैदेशिक रोजगारीमा कोरियामा रहेका खोम गुरुङले नयाँ गीत गुन्द्रुक साँधेको ल्याएका छन् ।

वैदेशिक रोजगारीमा रहेर पनि सांगीतिक क्षेत्रमा क्रियाशिल गुरुङले लेखेको गीतमा मेलिना राई र निशान भट्टराईको आवाज छ । यो गीतमा डीआर अटुले संगीत भरेका छन् भने शिशिर श्रेष्ठले निर्देशन गरेका छन् ।

हास्य कलाकार उमेश राई र सन्ध्या बुढा, रियासा दाहाल, बिनोद परियार र रोवट सिंहको अभिनय रहेको म्युजिक भिडियोले गाउँले हास्य ठट्यौली शैलीलाई उजागर गरेको छ ।

साहित्यिक र सांगीतिक क्षेत्रमा रहेका गुरुङले आफूले कोरियामा रोजगारी गरिरहेपनि कामबाट फुर्सद पाएको समयमा साहित्यिक र सांगीतिक सिर्जना गर्ने गरेको बताएका छन् ।

कामले आफूहरुलाई व्यस्त बनाएपनि खाली भएको समयमा केहि सिर्जनशिल काम गर्दै आएको भन्दै गुरुङले प्रवासी मनमा उब्जेका भावनालाई गीतमा उतारेको बताएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ९ : १३ बजे

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका