पत्रकार नम्रता शर्मालाई ‘नेपाली विमेन लिडर अवार्ड’ « Khabarhub

पत्रकार नम्रता शर्मालाई ‘नेपाली विमेन लिडर अवार्ड’


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार नम्रता शर्मालाई ‘नेपाली विमेन लिडर अवार्ड’ प्रदान गरिएको छ ।

भारतको मुम्बइस्थित सीएमओ एसियाले शर्मा लगायत आफ्नो पेसा र व्यवसायको माध्यमबाट देशका लागि योगदान दिएका १४ जना अगुवा महिलाहरुलाई यो अवार्ड प्रदान गरेको हो ।

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको अन्तिम दिन मंगलबार अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको दिन काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्मासहितका अगुवा महिलाहरुलाई अवार्ड प्रदान गरिएको हो ।

२०४६ सालदेखि पत्रकारिता शुरु गरेकी शर्माले पत्रकारितामार्फत महिलाको मानव अधिकार स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोले उनको कामको कदर गर्दै अवार्ड प्रदान गरेको सीएमओ एसियाले जनाएको छ ।

शर्मा खोज पत्रकारिता केन्द्र (सीआइजे) का निवर्तमान अध्यक्ष, २० वर्षदेखि निरन्तर प्रकाशित नारीश्वर म्यागेजिनका सम्पादक तथा प्रकाशक हुन् । सीआइजेमा अध्यक्ष हुने उनी पहिलो महिला हुन् ।

सोही कार्यक्रममा ‘नेपाली विमेन लिडर अवार्ड’ शोभा मानन्धर, माल्भिका सुब्बा, ज्योती शेरचन, डा. एली प्रधान, डा. अपर्णा शाह, व्यवसायी आयुषा कार्की, समाजसेवी स्नेहा श्रेष्ठ, बिनिता राई, मेघा चौधरी, भगबती चौधरी, बिन्दिया प्रधान, मौसमी श्रेष्ठ र डा. सबिना श्रेष्ठलाई पनि प्रदान गरियो ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  १० : २७ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम