मादी नगरपालिकाको वडा कार्यालयमा आगजनी, स्काभेटरसमेत जलाइयो « Khabarhub

मादी नगरपालिकाको वडा कार्यालयमा आगजनी, स्काभेटरसमेत जलाइयो


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ ।

गए राति १२: ०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएका नगरप्रमुख विदुर सुब्बाले जानकारी दिए ।

आगजनी नेत्रविक्रम चन्द समूहले गरेको हुनसक्ने उनले बताए । आगजनी गर्ने समूहले मादी–ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको स्काभेटरसमेत जलाएको छ ।

आगजनीको घटनापछि अहिले त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मिम लामा बताए । आगजनीमा संलग्नको खोजीकार्य भइरहेको उनले बताए । वडा कार्यालय स्थानीय चतनाथ दाहालको घर भाडामा लिएर सञ्चालनमा थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ११ : ३३ बजे

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट