खेलाडीलाई प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार रकमले खेलकुद मन्त्रालय अलमलमा ! « Khabarhub

खेलाडीलाई प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार रकमले खेलकुद मन्त्रालय अलमलमा !



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीका लागि ‘विशेष प्याकेज’ मार्फत् पुरस्कारको घोषणा गरे ।

बिरामी भएपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीले पदक विजेता खेलाडीलाई बालुवाटारमा नै बोलाएर ‘सरप्राइज प्याकेज’ घोषणा गरेका थिए ।

खेलाडीले भरिभराउ हलमा प्रधानमन्त्री ओलीले खेलाडीले पाउने नगद पुरस्कार घोषणा गरे । तर उनले घोषणा गरे लगत्तै एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीले पाउने खास रकम कति हो भन्ने द्वीविधा र फरक फरक समाचारहरु सार्वजनिक भए ।

प्रधानमन्त्रीले बालुवाटारमा स्वर्ण विजेता खेलाडीका लागि व्यक्तिगततर्फ ९ लाख, रजत पदकका लागि ६ लाख र कास्य पदकका लागि ३ लाख, दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीका लागि ११ लाख पुरस्कार दिने घोषणा गरे ।

त्यस्तै टिम इभेन्टमा स्वर्ण जित्ने प्रत्येक खेलाडीले ५–५ लाख प्राप्त गर्ने उनले बताए ।

बुधबार दिउँसो प्रधानमन्त्रीले पुरस्कारको घोषणा गरेसँगै स्वर्ण जित्ने खेलाडीदेखी आम खेलप्रमीमा दुविधा छ । एकभन्दा बढी स्वर्ण जित्नेले एकमुष्ठ रुपमा ११ लाख हो वा प्रत्येक स्वर्णको ११ लाख रुपैयाँको दरले रकम पाउने भन्ने द्वीविधा देखिएको छ ।

नेपालका लागि सबैभन्दा धेरै स्वर्ण जित्दै किर्तिमान बनाएकी गौरीका सिंहले ४ स्वर्ण, मन्डेकाजी श्रेष्ठले दुई स्वर्ण र आयुशा शाक्यले दुई स्वर्ण जितेका छन् त्यस्तै गल्प्का सुवास तामाङले दुई स्वर्ण जितेका छन् ।

प्रधानमन्त्रीले घोषणा गरेसँगै गौरिकाले ४ स्वर्ण बराबर ४४ लाख पाउने हिसाव आम रुपमा गरिएपनि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवले भने एक वटा भन्दा धेरै जतिवटा स्वर्ण जितेपनि ११ लाख पाउने खालको व्याख्या गरेपछि खेलाडीले पाउने रकमबारे द्वीविधा भएको थियो ।

प्रधानमन्त्रीको घोषणा अनुसार नै रकम

खेलाडीलाई रकम घोषणा गर्नु भन्दा अघि खेलकुद मन्त्रालयले खेलाडीलाई दिइने रकमबारे तयारी गरेर प्रधानमन्त्रीलाई बुझाएको थियो । तर प्रधानमन्त्रीले मन्त्रालयले तयार गरेको भन्दा फरक घोषणा गरेपछि मन्त्रालयल नै अलमलमा परेको श्रोतको दाबी छ ।

मन्त्रालयले एक भन्दा बढी पदक जित्ने खेलाडीको हकमा एकमुष्ठ ११ लाख पुरस्कार दिने गरी तयारी गरिएको भए पनि प्रधानमन्त्रीले घोषणा गर्दा फरक पर्न गएको श्रोतको दाबी छ ।

तर युवा तथा खेलकुद मन्त्रालयले भने प्रधानमन्त्रीले घोषणा गरे अनुसार नै पुरस्कार पाउने बताएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले प्रधानमन्त्रीले गरेको घोषणा मन्त्रालयले कार्यान्वयन गर्ने बताएका छन् ।
‘प्रधानमन्त्री ज्यूवाट जुन पुरस्कार घोषणा भयो त्यसै अनुरुप खेलाडीहरुले प्राप्त गर्नुहुनेछ, यसमा कुनै समस्या र द्वीविधा छैन’ सचिव थपलियाले भने ।

मन्त्रालय श्रोतका अनुसार प्रधानमन्त्रीले खेलाडीका लागि पुरस्कार घोषणा गर्नु भन्दा अघि जे जस्तो तयारी गरिए पनि अव भने प्रधानमन्त्रीले घोषणा गरे अनुसार नै व्यवस्था हुने छ ।

प्रधानमन्त्रीले ‘कास्यदेखि स्वर्णसम्मको पुरस्कार ‘हरेक’ र ‘दरले’ भन्ने शब्द प्रयोग गरेका छन् । यस अनुसार खेलाडीले आफुले जितेको पदक अनुसार सरकारले घोषणा गरेको पुरस्कार रकम पाउनेछन् ।

यसर्थ जस्तै, नेपालका लागि सबैभन्दा धेरै स्वर्ण जित्दै किर्तिमान बनाएकी गौरीका सिंहले ४ स्वर्ण बराबर ४४ लाख पाउनेछिन् भने २ रजत  र कास्य वापत गरेर कुल ५९  लाख पाउनेछिन् ।

नेपालले १३ औं सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको हो । यो अहिलेसम्मकै साग इतिहासमा नेपालले सबैभन्दा धेरै स्वर्ण जितेको हो ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  १२ : ३२ बजे

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही गरिने

कालीकोट– जिल्ला प्रशासन कार्यालय कालीकाटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ– गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ– मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

दबाब र देशभक्तिको द्वन्द्व: अस्ट्रेलियामा शरण लिने निर्णय रद्द गरेर स्वदेश फर्कँदै इरानी फुटबलर

काठमाडौँ – अस्ट्रेलियामा बस्नका लागि मानवीय भिसा पाएका इरानी महिला